
गत बैशाखमा अाएको भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोजिन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।
भूकम्पपछि मात्रै एनएलजीमा ६८ करोड रुपैयाँ बराबरको १२ सय ३३ वटा दावी परेका र ती मध्ये पाँचसय २६ दावी बराबरको १४ करोड रुपैयाँ भुक्तानी गरेको शाहले बताए । बैशाख २७ गते देखिनै कम्पनीले कम्पनीले दाबी भुक्तानी दिन थालेको उनले बताए । बैशाख १२ गते ७.८ रेक्टरस्केलको भूकम्प गतएको थियो ।
गत आर्थिक वर्षमा ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ३४ करोड १५ लाख रुपैयाँ छ ।विभिन्न बैंकमा निक्षेप तथा सरकारी ऋणपत्रमा गरी एक अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ ।
भूकम्पका दाबीमध्ये ४२ प्रतिशत भुक्तानी गरिसकेकाे शाहले बताए । सानो रकमको दाबी भुक्तानी भइसकेको र ठुलाे रकमको दावी भुक्तानी हुन बाँकी रहेको बताए । तर, ठूला दाबीमा अग्रिम भुक्तानी दिइरहेको उनले जानकारी दिए ।
बीमा कम्पनीहरु आफ्नो दायित्वप्रति जिम्मेवार रहेको भन्दै आफ्नै कोष र पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर सकेसम्म छिटो भुक्तानी गर्ने पनि उनको भनाइ थियो । भूकम्पपछि परेको दावीको ५० प्रतिशत मात्रै सर्भेयर रिपोर्ट आएकाले भुक्तानीमा ढिलाई भएको उनले बताए ।
एनएलजी इन्स्योरेन्सले २९ शाखाबाट बीमा सेवा पुर्याउँदै आएको छ । ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गरिरहेको कम्पनीले कृषि तथा पशुबीमालाई प्राथमिकतामा राखेको शाहले बताए । एनएलजीले विश्वका विभिन्न ६ पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4