+
+
Shares

बन्दको विरोधमा सडकमै पढे दाङका विद्यार्थीले

२ भदौ, घोराही । शिक्षण संस्थालाई बन्दमुक्त बनाउन माग गर्दै दाङका विद्यार्थीहरुले सडकमै पढेका छन् । स्कुल नखुलेसम्म यसरी नै चोकमा आएर पढ्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १३:०२

Students-ar-Reading-on-the-निमुसंगम घर्ती
२ भदौ, घोराही । शिक्षण संस्थालाई बन्दमुक्त बनाउन माग गर्दै दाङका विद्यार्थीहरुले सडकमै पढेका छन् । लगातारको बन्दले पढ्न नपाएको भन्दै विद्यार्थीहरुले बुधबार घोराहीको तुलसीपुर चोकमा शिक्षण संस्थालाई बन्द मुक्त बनाउन माग गर्दै आधा घण्टा पढेका हुन् ।

घोराहीमा रहेको सरस्वती मावि काठेकोहल, पद्मोदय पब्लीक नमूना उच्चमावि भरतपुर, माउन्ट भ्यू बोर्डिङ स्कुल, भ्यालीटप वोर्डिङ स्कूल, उच्च माबि रझेना लगाएतका विद्यालयका विद्यार्थीहरुले निर्वाधरुपमा पढ्न पाउनु पर्ने माग गर्दै सडकमै बसेर पढेका हुन् ।

‘विभिन्न पार्टी र समूहले बन्द गरेर हामीलाई पढ्न नदिएकोले सडकमै आएर पढेका हौं,’ पद्मोदय पब्लिक नमूना उच्च माविका विद्यार्थी बेदव्यास पोख्रेलले भने, ‘यो बन्द सदाको लागि बन्द हुनुपर्छ ।’

जबसम्म स्कुल खुल्दैन तबसम्म यसरी नै चोकमा आएर पढ्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

बन्द फिर्ता लिन माग

Students-ar-Reading-on-the-

प्रदेश सीमांकनको विरोधमा थारुवान/थरुहट लगायतका बिभिन्न पक्षले हप्ता दिनदेखि दाङ बन्द जारी राख्दा पढ्न पाउने अधिकारबाट बन्चित भएको भन्दै विद्यार्थीहरुले तत्काल बन्द फिर्ता लिन माग गरेका छन् । व्यानर र प्लेकार्डसहित सडकमा आएका विद्यार्थीहरुले बन्दलाई सदाका लागि बन्द गर्न आग्रह गरे ।

अर्का विद्यार्थी विमल अधिकारीले बन्द आयोजकहरुलाई आफ्ना छोरा छोरीले पढ्न नपाएकोप्रति स्मरण गर्न आग्रह गरे । विद्यालय बन्द गरेर बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित गरेको भन्दै उनले तत्काल पढ्न पाउने वातावरण बनाउन बन्द आयोजकलाई आग्रह गरे ।

‘पढ्न लेख्न पाउनु पर्ने विद्यार्थीको अधिकार हो’, ‘विद्यालय बन्द गर्न पाईंदैन’, ‘विद्यालय शान्ति क्षेत्र हो’ भन्दै उनीहरुले केहीबेर नारासमेत लगाए ।

एक लाख ८० हजार विद्यार्थी पढ्नबाट बन्चित

Students-strike-at-Dangएक हप्तादेखिको बन्दले दाङका १ लाख ८० हजार बिवद्यार्थीहरु बिद्यालय गएर पढ्नबाट बञ्चित भएका छन् । दाङका ४ सय २३ सरकारी र २ सय २९ निजी स्कुलहरु ठप्प छन् । अर्कोतर्फ क्याम्पसहरु पनि सञ्चालनमा आउन सकेका छैनन् ।

बन्दले विद्यार्थीहरुको शिक्षण सिकाईमा तत्कालीन र दीर्घकालीन असर पार्ने भएकाले बन्दलाई त्याग्न निजी विद्यालयहरुको छाता संगठन प्याब्सन दाङका अध्यक्ष यादव गिरीले आग्रह गरे ।

बिद्यालय शान्ति क्षेत्र भएकाले बन्द मुक्त बनाउन राजनीतिक तबरबाटै कार्यान्वयन हुनुपर्ने दाङका निमित्त जिल्ला शिक्षा अधिकारी रामलाल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?