Comments Add Comment

‘म नेपाल फर्किन्छु, लुक्न आएकी हैन’ : नन्दिता केसी

nandita-kc
विजय थापा, वासिंगटन डीसी
नेपाली चलचित्रकी नायिका नन्दिता केसी अहिले अमेरिकामा छिन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ‘नेपाल दिवस’मा भाग लिन उनी यहाँ आएकी हुन् ।

यस्तै, उनी अगष्ट ७ देखि १६ तारिखसम्म अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको ‘फेस्टिबल अफ ग्लोब’मा पनि उनी सहभागी भइन् । विश्वका विभिन्न देशका कलाकार उपस्थित भएको स्थानमा नन्दिताले पनि आफ्नो नृत्य र सुन्दरताको जादु दुबै छरिन् । उनी अहिले न्यूयोर्कमा ‘अमेरिका नेपाल सुन्दरी प्रतियोगीता’मा आफ्नो प्रस्तुती दिनका लागि अभ्यास गरिरहेकी छिन् । नन्दिताले आफू अमेरिका हराउन नआएको बताइन् । उनले भनिन्-‘मैले सार्वजनिक रुपमा म नेपाल र्फकन्छु भन्ने प्रतिबद्धता गरेकी थिएँ ।

आगामी अगष्ट ३० तारिखमा म नेपाल फर्किन्छु ।’ उनले आफू पहिलो पटक अमेरिका आएको बताउँदै सुनेको भन्दा अझ राम्रो लागेको बताइन् । उनले ‘फेस्टिबल अफ ग्लोब’मा अन्य देशका कलाकारको भन्दा आफूहरुको प्रस्तुतीले प्रशंसा पाउँदा हषिर्त भएको पनि बताइन् । उनले नेपाल फर्किनु अघि अमेरिकाका राष्ट्रपति बस्ने भवन र स्वतन्त्रताकि मुर्ती हेर्ने इक्षा लागेको बताइन् ।

हलिउडमा रेड कार्पेटमा हिड्न पाउनु चानेचुने कुरा नभएको नन्दिताको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment