+
+
Shares

एनआरएनए चीनमा चेतानी भए अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते ९:५४

nrna-chainaहङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको चौथो अधिवेशनले सञ्जयकुमार चेतानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष नवीन बिक, सचिव निर्मल शर्मा चौलागाइँ, सहसचिव सुवोध श्रेष्ठ र कोषाध्यक्षरोहित अग्रवाल निर्वाचित भएका छन् ।

तीर्थ पौड्याल र खुस्बु अग्रवाल युवा र महिला संयोजक रहेको समितिका सदस्यहरुमा चिरञ्जिवी ज्ञवाली, बलराम तामाङ, वाईबी क्षेत्री ज्ञवाली, खाम्सुङ गुरुङ र विकाश रिजाल रहेका छन् । अधिवेशनले डा. राजीवप्रसाद केशरीलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा चयन गरेको छ ।

रोयल प्लाजा होटल ग्वान्झाउमा सम्पन्न कार्यक्रमको हङकङका नेपाली महावाणिज्यदूत महेशप्रसाद दाहालले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै वाणिज्य दूत दाहालले प्रवासी नेपालीका लागि एनआरएनएको विकल्प नरहेको बताएका थिए ।

विश्वभरका एनआरएनएमा देखिएका विवाद र समस्यातर्फ इङ्गति गर्दै उनले साझा संस्थाका लागि मनमुटाव र अन्तर्विरोध हटाउँदै सोचाइ र विचारमा एकरुपता ल्याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

nrna-chaina-2मन्तव्यको क्रममा महावाणिज्यदूत दाहालले व्यापारिक घाटा कम गर्न नेपालका उत्पादन निर्यात बढाउँन सहयोगका लागि सम्पूर्णलाई आग्रह गरेका थिए । उनले विदेशी लगानीकर्ताका लागि नेपालमा थिम पार्क, प्रदर्शनी केन्द्रलगायतका नयाँ क्षेत्रमा आकषिर्त गर्न सकिने विचार व्यक्त गरेका थिए ।

गैरआवासीय नेपालीका लागि नेपाल सरकारले सार्वजनिक गरेको म्युच्युअल फण्डमा लगानी आकर्षक रहेकोसमेत उनले जानकारी गराएका थिए । निवर्तमान आईसीसी सदस्य रञ्जन ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नयाँ आईसीसी सदस्य डा. राजीवप्रसाद केशरीले विद्यार्थीलाई एनआरएनए सदस्य बन्न बञ्चित गरिएकोमा दुःखेसो व्यक्त गरे ।

सोही क्रममा उनले नेपालको भूकम्पपीडितका लागि उपयोगी हुने सुलभ घरको नमूना समबन्धी लघु वृत्तचित्र प्रस्तुत गर्दै नवनिर्माणमा चीन, हङकङ र मकाउ एनआरएनएले संयुक्त रुपमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।एनआरएनए एशिया-प्रशान्त क्षेत्रीय संयोजक गंगाराज राईले नयाँ निर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा चीनका संस्थापक सल्लाहकार मीनबहादुर श्रेष्ठ, भूतपूर्व अध्यक्ष डिल्लिप्रसाद पराजुली, आईसीसी सल्लाहकार यमकुमार गुरुङ, आईसीसी सदस्य जगन्नाथ ज्ञवाली, हङकङका अध्यक्ष ललित आङबुहाङ, मकाउका भूतपूर्व अध्यक्ष सुदर्शन थापा मगर र नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तस्बिरः जगत गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?