Comments Add Comment

घैंटे मार्ने प्रहरीलाई ‘दो आँखे बारह हाथ’ फिल्म हेर्न सभासदको सुझाव

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद भीमसेनदास प्रधानले कुमार घैंटेलाई मार्ने प्रहरीलाई ‘दो आँखे बारह हात’ हिन्दी चलचित्र हेर्ने सुझाव दिएका छन् ।

Bhimsendas-Pradhanव्यवस्थापिका संसदको शुक्रबारको बैठकको शुरुमै समय मागेर बोलेका सभासद प्रधानले घैंटे हत्याको घटनाको निष्पक्ष छानविनको माग गरे । प्रहरीले कानुन हातमा लिएर घरभित्रै घुसेर हत्या गरेको उनले आरोप लगाए ।

घैंटे आफ्नो निर्वाचन क्षेत्रकै बासिन्दा भएको र उनी पछिल्लो समयमा सामान्य जीवन यापन गरिरहेको भन्दै प्रधानले प्रहरी कानुनी राज छाडेर जंगली राजको पक्षमा लागेको बताए ।

प्रधानले भने-‘हिजो युवा अवस्थामा गुण्डागर्दीमा थियो होला, तर अहिले ऊ सुध्रिएर सामान्य जीवनयापन गर्छु भन्दा पनि राज्यले दिएन, यो कुनै इन्काउन्टर होइन सिधै हत्या हो । छोरीलाई स्कूल पुर्‍याएर फर्किंदा उसलाई हत्या गरी नाबालकलाई बेसहारा बनाइएको छ ।’

प्रधानले नेपाल प्रहरीका इन्काउन्टर विशेषज्ञहरुलाई ‘दो आँखे बारह हात’ भन्ने हिन्दी फिल्म हेर्नसमेत सुझाव दिए । त्यो फिल्ममा गुण्डागर्दीबाट सामान्य जीवनमा आएको व्यक्तिले कसरी समाज सुधार्छ भन्ने उल्लेख रहेको सभासद प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment