Comments Add Comment

बामदेवले भने-तालिम प्राप्त छापामारले गुलेली हाने

५ भदौ, काठमाडौं । सरकारले बिभिन्न ठाउँमा भइरहेका आन्दोलनलाई हिंसा र अराजकता बनाउन मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लब समूहका कार्यकर्ता परिचालित भएको आशंका गरेको छ ।

फाइल तस्वीर

गृहमन्त्रालयले बिभिन्न जिल्लाबाट लिएको रिपोर्टअनुसार बैद्य र विप्लबका तालिम प्राप्त पूर्व छापामारहरुले हरेक आन्दोलनमा प्रवेश गरेर हिंसा मच्चाउने प्रयास गरेका छन् ।

सुर्खेतमा राजनीतिक दलहरुकै आह्वानमा भएको आमसभामा घुसेर माइक तोडफोड गर्नेदेखि कैलालीमा गुलेली हान्ने एवं काठमाडौंमा तोडफोडका घटनामा पनि माओवादी कार्यकर्ता सामेल भएको पाइएको छ ।

गृहमन्त्री बामदेव गौतमले शनिबार संसदको राज्य व्यवस्था समितिमा पनि यसको संकेत गरे । छापामार तालिम लिएका व्यक्तिहरुले छापामार शैलीमा आन्दोलन हिंसात्मक बनाउने गरेको पाइएको उनले बताए ।

गौतमले भने-शुक्रवार टीकापुरमा हिन्दू राज्य पक्षधरले गरेको मोटरसाइकल र्‍यालीमा छापामार शैलीमा गुलेली हमला भएछ । छापामार तालिम लिएकाले गुलेली हानेको आशंका छ । अरुबाट त्यस्तो शैली सम्भव छैन ।

सरकारले संविधानसभा बहिस्कार गरेका बैद्य र विप्लबहरुसँग संविधानसभाभित्र रहेका मधेस केन्द्रित दलहरुले सहकार्य गर्नुलाई पनि गम्भीर रुपमा लिएको छ । ‘संविधानसभा विरोधी र संविधानसभा पक्षधरबीचको गठबन्धनको अर्थ हामी केलाउँदैछौं’ गृहका एक सहसचिवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment