बालबालिकाको शरीर र मस्तिष्क फुर्तिलो राख्न एक्ससाइज आवश्यक हुन्छ । तर, धेरैजसो बाबुआमा आफ्ना छोराछोरीलाई कस्तो एक्सरसाइज गराउने भन्नेमा जानकार छैनन् । यहाँ बालबालिकासित सम्वन्धित एक्सरसाइजको विषयमा चर्चा गरिएको छ ।
एक्सरसाइज किन ?
एक्सरसाइजले बालबालिकालाई स्वस्थ मात्रै राख्दैन, उनीहरुलाई हुर्किन पनि मद्दत गर्छ । बालबालिकाको शारीरिकका साथै मानसिक विकासका लागि पनि एक्सरसाइज जरुरी हुन्छ । त्यसैले उनीहरुलाई दैनिक एउटा समय छुट्याएर एक्सरसाइजका लागि प्रेरित गर्नु बाबुआमाको दायित्व हुन आउँछ ।
बिहान हिँडाउनुस
एक्ससाइजका विशेषज्ञहरुका अनुसार अरुलाई जस्तै बालबालिकालाई पनि बिहानैको एक्सरसाइज बढी फलदायि हुन्छ । बाबुआमाले मर्निङ वाक गर्दा उनीहरुलाई सँगै हिँडाउने सल्लाह पनि विज्ञहरुले दिएका छन् ।
घरमै सामग्री
बालबालिकाले गर्न सक्ने हल्का एक्सरसाइजका सामग्रीहरु घरमा ल्याएर राखिदिनुपर्छ । यसले उनीहरुलाई एक्सरसाइज गर्न प्रेरित गर्छ ।
पहिले आफू गर्नुहोस
बाबुआमाले एक्ससाइज गरेको देखे भने बच्चाले पनि सिक्छन् । आफू एक्सरसाइज नगर्ने बाबुआमाले छोराछोरीलाई एक्सरसाइजमा बाध्य पार्न सक्दैनन् । त्यसैले आफू पनि एक्सरसाइज गर्नुस र आफ्नो निगरानीमा छोराछोरीलाई गराउनुस ।
जबरजस्ति नगर्नुस
बालबालिकालाई एक्सरसाइज गर्न प्रेरित गर्नुपर्छ तर दवाव दिनु हुँदैन । यदि उनीहरुलाई एक्सरसाइजबाट स्वास्थ्यमा कुनै किसिमको समस्या उत्पन्न भएको खण्डमा डाक्टरको सल्लाहबेगर त्यसलाई निरन्तरता दिनु हुँदैन । साथै एकैचोटी लामो समयसम्म एक्सरसाइज गराउनु हूँदैन ।
अन्य क्रियाकलाप
विभिन्न दैनिक क्रियाकलापहरुमार्फत पनि बच्चाहरुको शरीरको एक्सरसाइज भइरहेको हुन्छ । जस्तै साइकल चलाउँदा उनीहरुको हातगोडाको मांशपेशी मजबुत हुन्छ । अन्य खेलहरु जस्तै फुटबल, क्रिकेट आदि खेल्दा पनि उनीहरुले कुनै न कुनै किसिमको एक्सरसाइज गरिरहेका हुन्छन् । त्यसैले छोराछोरीलाई खेलकुदका लागि प्रेरित गर्नुपर्छ बाबुआमाले ।
प्रतिक्रिया 4