+
+

कन्ट्याक्ट लेन्स लगाउनेमा अन्धोपनको खतरा, यसरी अपनाऔँ सावधानी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते ११:४५

eye lens

आजभोलि आँखाको गडबडी ठीक पार्नका लागि चश्मा लगाउनुपर्ने मानिसहरुले चश्माको झण्झटका कारण आँखाभित्रै राखिने कन्ट्याक्ट लेन्स लगाउने चलन बढेको छ । लगाउन सजिलो, पुछिरहनुपर्ने झण्झट पनि नहुने, खसेर फुट्ला भन्ने डर पनि नहुने अनि आँखाको दृष्टि सुधारका लागि चश्मा लगाएको भन्ने पत्तो पनि कसैलाई नहुने । यहीँ कारण कन्ट्याक्ट लेन्स पछिल्लो समयमा फेसन नै बनेको छ ।

तर वैज्ञानिकहरुका अनुसार कन्ट्याक्ट लेन्स आँखाको स्वास्थ्यका लागि हानिकारक सावित हुँदै गएको छ र यसले आँखाको विभिन्न संक्रमणका साथै अन्धोपनाको खतरा पनि बढाएको छ ।

बेलायतको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको एक सर्भेक्षण अनुसार कन्ट्याक्ट लेन्स लगाउने हरेक १ सय जनामा ९९ जनाले यो लेन्स लगाउँदा पालना गर्नुपर्ने महत्वपूर्ण नियम अर्थात् गोल्डेन रुल्सहरु पालना गर्ने नगरेको पाइएका छ । कन्ट्याक्ट लेन्स लगाइसकेपछि अपनाउनुपर्ने सावधानी नअपनाउँदा त्यस्ता मानिसहरुको आँखा खतरामा पर्ने शोधकर्ताको भनाइ छ ।

त्यस्तो सावधानी मध्ये लेन्सको नियमित सरसफाइ एउटा महत्वपूर्ण कार्य हो जुन निकै कमले मात्र पालना गर्ने गरेका छन् ।

शोधका क्रममा कन्ट्याक्ट लेन्स लगाएका मध्ये आधा भन्दा बढिले आफु रातमा पनि कन्ट्याक्ट लेन्स लगाएरै सुत्ने गरेको बताएका छन् भने ९० प्रतिशतले दिउसो छोटो समय सुत्दा कन्ट्याक्ट लेन्स नझिक्ने गरेको पाइएको छ ।

कन्ट्याक्ट लेन्स सफा गर्ने झोल नियमित रुपमा नविकरण गर्नुको साटो पहिले नै डुबाएको झोलमा पटक पटक डुबाएर सफा गर्ने र लाउने गर्दा त्यसले आँखामा केराटाइटिस लगायतका आँखाका संक्रमण बढाउने गरेको पाइएको छ । यो रोग कोर्नियामा दुखाइ हुने आँखाको संक्रमण हो जसले अन्ततः अन्धोपना गराउँछ ।

शोधका क्रममा कन्ट्याक्ट लेन्स लगाएका मध्ये एक तिहाइ मानिसहरु आँखा रातो भएको तथा दुखेको समस्या लिएर डाक्टरकोमा जाने गरेको पाइएको छ ।
त्यस्तै आफ्नो कन्ट्याक्ट लेन्स निकालेर धाराको पानीमा धुने तथा कन्ट्याक्ट लेन्स लगाएरै पौडिने तथा नुहाउने जस्ता कामले पनि आँखाको स्वास्थ्यलाई ठूलो खतरामा पार्ने शोधकर्ताहरु बताउँछन् ।

यसरी कन्ट्याक्ट लेन्सलाई धारामा धुने तथा लेनस लगाएरै नुहाउने वा पौडी खेल्ने गर्दा कन्ट्याक्ट लेन्समा सुक्ष्म जिवाणुको संक्रमण हुने र उक्त संक्रमणले आँखालाई हानी गर्ने बताइउको छ ।

त्यस्तै फोहोर हातले लेन्स निकाल्ने वा आँखामा लगाउने गर्दा पनि हातबाट हानिकारक जिवाणुहरु आँखामा सर्ने गरेको पाइएको छ । जसले केराटाइटिस जस्ता संक्रमणको जोखिम बढाउँछ ।

त्यस्तै धेरै मानिसले लामो समयसम्म एउटै कन्ट्याक्ट लेन्स लगाउने गरेको र डेट एक्स्पाएर भैसकेपछि पनि पूरानो लेन्स नफेर्ने गर्दा संक्रमणको जोखिम बढ्ने गरेको शोधकर्ताहरु बताउँछन् ।

बँच्न के गर्ने ?

कन्ट्याक्ट लेनस आँखामा राख्नु वा आँखाबाट निकाल्नु अघि हात राम्रोसँग साबुनपानीले धुने र हात सुख्खा भएपछि मात्र लेन्स छुने ।

सुत्नुअघि, नुहाउनु तथा पौडी खेल्नुअघि कन्ट्याक्ट लेन्स निकाल्ने हरेक पटक आँखाबाट निकालिसकेपछि कन्ट्याक्ट लेन्स निर्मलीकरण गर्नका लागि जिवाणु नष्ट गर्ने डिस्इन्फेक्टेन्ट झोलमा डुबाउने वा पखाल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?