७ साउन, काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले करिब २० हजार मान्छे हतियारसहित आएर सरकारी कार्यालयहरु कब्जा गर्न खोज्दा झडप भएको बताएका छन् ।
अनलाइनखबरसितको टेलिफोन सम्पर्कमा उनले अहिले दोहोरो झडप रोकिए पनि स्थिति तनावपूर्ण नै रहेको जानकारी दिए ।
उनले भने-‘करिब २० हजार मान्छे थिए र उनीहरु सबैले भाला, लाठी, खुकुरी लगायत घरेलु हतियार बोकेका थिए । उनीहरुले सरकारी कार्यालयहरु कब्जा गरेर थरुहट प्रदेश लेख्ने प्रयास गर्दा झडप सुरु भयो ।’
अत्याधुनिक हतियार बोकेको जानकारी भने नरहेको उनले बताए । श्रेष्ठले अहिलेसम्म प्रहरीतर्फ ४ जना नेपाल प्रहरी र २ जना शशष्त्र प्रहरीका गरी ६ जनाको मृत्यू भएको पुष्टी गरे ।
आन्दोलनकारीतर्फ ३-४ जना हताहत भएको कुरा आए पनि पुष्टि हुन नसकेको उनले बताए ।