Comments Add Comment

सामाजिक सद्भाव र मेलमिलाप कायम राख्न महासंघको अपिल

९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सद्भाव र मेलमिलाप कायम राख्न सरोकारवाला पक्ष सबैसँग अपिल गरेको छ । संविधान निर्माणको अन्तिम चरणमा घटेका घटनाले गम्भीर ध्यानाकर्षण गराएको बताउँदै महासंघले यस्तो अपिल गरेको हो ।

‘केही दिनयता कैलाली, सर्लाही, रौतहट लगायतका जिल्लामा घटेका घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति महासंघ गहिरो दु:ख व्यक्त गर्दछ’ महासंघले भनेको छ- ‘त्यस प्रकारका घटना अब मुलुकभित्र कहिल्यै हुन नदिने वातावरणका लागि सरकार, राजनीतिक दलहरु, सम्बन्धित पक्षसँग Fncciआग्रह छ ।’

नेपालीको सवैभन्दा ठूलो शक्ति भनेकै नेपाली-नेपाली बीचको सदियौंदेखिको आपसी प्रगाढ सम्बन्ध, एकअर्काबीच भातृत्वभाव, सामाजिक सद्भाव र मेलामिलाप नै भएको महासंघको ठहर छ ।

एकलाई परेका वखत अर्काले उदार भावले सघाउने, वेदना बाँडचुँड गर्ने पहिचान बोकेका नेपालीको सम्बन्धमा कहीकतैबाट पनि खलल पार्ने काम नहोस भन्नेतर्फ चनाखो रहन महासंघको अाग्रह छ ।

राजनीतिक संक्रमणको अन्त्यपश्चात कत्ति विलम्व नगरि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा महासंघले वारम्वार जोड दिँदै आएको छ । नयाँ संविधानको घोषणापश्चात मात्र राजनीतिक संक्रमण अन्त्य हुने महासंघको विश्वास छ ।

सबै नेपालीको अधिकारलाई सुनिश्चित गर्न, जनताले दिएका सुझावहरुलाई गम्भीरतापूर्वक अध्ययन गरि नयाँ संविधानमा समेट्न, जनताको अभिमतको कदर गर्न र जनताको असन्तुष्टिलाई खुला दिलले संवोधन गरि छिटोभन्दा छिटो नयाँ संविधान घोषणा गर्न महासंघको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment