Comments Add Comment

अमरेश सिंह भन्छन् – टीकापुर घटना राज्यले गरेको दमनको उपज

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले कैलालीको टीकापुर घटना राज्यले गरेको दमनको उपज भएको दावी गरेका छन् ।

Amresh Kumar Singटीकापुर गएर थारु समुदायलाई भड्काउने खालका उत्तेजक अभिव्यक्ति दिएपछि यतिबेला अमरेशको चर्को आलोचना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सिंहलाई २४ घण्टे स्पष्टिकरणका लागि पत्र काटे पनि सिंहले अझैसम्म पत्र बुझेका छैनन् ।

तर, सभासद सिंहले भने आफू पत्र छल्न नभागेको बताए । ‘म राजधानी बाहिर गएको थिएँँ । आज आफैं पार्टी कार्यालयमा गएर पत्र बुझ्छु र जवाफ दिन्छु’ सिंहले अनलाइनखबरसँग भने-‘म भागेको भनेर केही व्यक्तिले अफबाह फैलाएको मात्र हो । राजनीति गर्ने मान्छे भाग्दैन ।’

आफूले कमजोर पक्षको आवाज उठाउँदा पार्टीभित्र र बाहिरबाट आक्रमण भएको उनको दाबी छ । ‘कांग्रेसको इतिहास हेर्नुस्, वीपी, मात्रिकादेखि रामनारायण मिश्रमाथि पनि आक्रमण भएको हो । १२ बुँदे गर्दा गिरिजाप्रसालदमाथि आक्रमण भएको थियो’ सिंहले भने-‘मैले पार्टीको सिपाहीको हिसावमा कमजोर पक्षको आवाज उठाएको छु । त्यही भएर आक्रमण भयो ।’

तर, मधेसी मोर्चाका नेताहरुसँग कैलालीको टीकापुर गएर हिंसा भड्काउने भिव्यक्ति दिएको र त्यही कारण सोमबारको घटना भएको आरोप छ नि भन्ने प्रश्नमा सिंहले भने-‘हामीले गर्दा भएको हो भने त्यही दिन हुन्थ्यो । भोलिपल्ट हुन्थ्यो होला । यो राज्यबाट भएको दमनको कारण भएको हो ।’

थारु, मधेसी लगायतका समुदायलाई पहिचान नदिएको र त्यसले थारु समुदायले आफूलाई अधिकारविहीन बनाएको महसुस गरेको उनको विश्लेषण थियो । घुसपैठ भयो भन्छन् नि भन्ने प्रश्नमा सिंहले भने-त्यो गृहमन्त्रीले भन्ने कुरा हो ।’
कांग्रेस सभासद सिंहले वार्ताको माध्यमबाट तत्काल समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । प्रमुख दल र सरकारले संविधान निर्माण प्रक्रिया केही दिन रोकेर भए पनि वार्ताको वातावरण बनाउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment