+
+
Shares

यात्रु ठगिएपछि ट्राफिक प्रहरीले राख्यो भाडादर अंकित साइनबोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १४:३५

११ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा लागेको बाह्रबर्षे मेलामा जाने यात्रुहरुसँग गाडीवालाले जथाभावि भाडा असुलेपछि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा भाडादर अंकित साइनबोर्ड राखेको छ ।

Lagankhel-Godabari-Vadaललितपुरको लगनखेलबाट गोदाबरीसम्म २७ रुपैयाँ भाडा लाग्नेमा ५० रुपैयाँसम्म असुलेको पाइएको छ ।

यात्रुहरुको गुनासोपछि ‘लगनखेल-गोदावरी भाडा रु २७ मात्र’ लेखिएको बोर्डहरु सडक किनार र सार्बजनिक स्थलहरुमा राखिएको छ ।

अहिले चार स्थानमा भाडादर अंकित बोर्डहरु राखिएका छन् ।

‘यात्रुहरु नठगिउन् भनेर भाडा लेखिएको बोर्ड राखेका हौं,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले अनलाइनखबरसँग भने, ‘तोकिएको भन्दा धेरै भाडा असुल्नेहरुलाई कारवाही पनि सुरु गरेका छौं ।’

हरेक बाह्र बर्षमा गोदाबरीमा विशेष मेला लाग्दछ । यसपालि भदौ १ गतेदेखि मेला लागिरहेको छ । यो मेला एक महिनासम्म चल्दछ ।

शनिबारको दिन मेलामा विशेष घुइँचो हुन्छ ।

बाह्र बर्षअघिको मेलामा करिब २० लाख दर्शनार्थी आएकामा यसबर्ष बढेर झण्डै ५० लाख पुग्ने अनुमान गरिएको प्रचार प्रसार समिति संयोजक श्याम घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?