Comments Add Comment

चेल्सी म्यानचेष्टर सिटीभन्दा ८ अंकले पछाडि पर्‍यो

Fernandinho-Goal

१२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले जित हात पार्दै डिफेण्डिङ च्याम्पियन चेल्सी भने पराजित भएको छ । यससँगै लिगमा सुरुवाती चार खेल सकिँदा चेल्सी म्यानचेष्टर सिटीभन्दा ८ अंकले पछि पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको छ । दुबै गोल दोस्रो हाफमा भएको थियो । ४७ औं मिनेटमा स्टर्लिङले गोल गरे भने ५६ औं मिनेटमा फर्नाडिन्होले गोल गरे ।

अर्को खेलमा चेल्सी भने क्रिस्टल प्यालेससँग २-१ ले पराजित भएको छ । खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो ।

Chelsea

६५ औं मिनेटमा साकोले गोल गर्दै प्यासललाई सुरुजाति अग्रता दिलाए । ७९ औं मिनेटमा पेड्रोको पासमा राडामेल फल्काओले हेड गोल गर्दै बराबरी गरे । तर, दुई मिनेट लगतै वार्डले गोल गर्दै प्यालेसलाई २-१ को अग्रता दिलाए ।

सुरुवाति ४ खेल सकिँदा शतप्रतिशत जित हात पारेको म्यानचेष्टर सटी १२ अंकसहित शीर्ष स्थानमा छ । एक जित र एक बराबरी खेलेको चेल्सी भने ४ अंकका साथ १३ औं स्थानमा छ ।

९ अंकसहित क्रिस्टल प्यालेस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्य खेलमा आर्सनलले न्यूक्यासललाई १-० ले पराजित गरेको द्ध भने वेष्टहामले लिभरपुलमाथि ३-० को शानदार जित हात पाारेको छ । बोर्नमाउथले लिसेस्टरसाग १-१ को बराबरी खेलेको छ भने वेष्टब्रोमले स्टोकलाई १-० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment