+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गजल-एउटा कालो सपना

हिजो राती सपनीमा कुकुर भुकेको देखें मैले

आफ्नै घरभित्र कालो सर्प लुकेको देखें मैले !!

सुनिन्छन् जताततै हिजोआज अशुभ खबरहरू

रुँदै विस्मातमा नेपाल-आमा दुखेको देखें मैले !!

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १६ गते ११:४५

Premraj-Mishraप्रेमराज मिश्र “अभीष्ट”

हिजो राती सपनीमा कुकुर भुकेको देखें मैले

आफ्नै घरभित्र कालो सर्प लुकेको देखें मैले !!

सुनिन्छन् जताततै हिजोआज अशुभ खबरहरू

रुँदै विस्मातमा नेपाल-आमा दुखेको देखें मैले !!

 

गड्गडाउँदै हड्वडाउँदै उर्लिइन् काली भयंकर

मेची-महाकाली मुलैदेखि सुकेको देखें मैले !!

 

जलायो जस्ले जिउँदै राष्ट्रसेवक, मा-यो अबोध् शिशु

धिक्कार्दै उस्को मुखमा जनताले थुकेको देखें मैले !!

 

गिर्दैछ देशको साख, रित्तिदैछ आमाको न्यानो काख

निर्लज्जी नेताहरू हदैसम्म चुकेको देँखे मैले !!

साँच्चै, नेपाली हामी रहुँला कहाँ नेपालै नरहे

सगरमाथा, राष्ट्रिय झण्डा आधा झुकेको देखें मैले !!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?