Comments Add Comment

कांग्रेस र एमालेका मधेसी सभासदले भने- टीकापुर काण्डपछि प्रहरी उत्तेजक !

१७ भदौ, काठमाडौं । सत्तारुढ कांगेस र एमालेका मधेसी सभासदले तराई मधेसमा सरकार र आन्दोलनकारी दुबै पक्षले हिंसा मच्चाएको भन्दै तत्काल वार्तामा बस्न आग्रह गरेका छन् ।

CA Memberes 650

व्यवस्थापिका संसदको विहीवारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा दुवै दलका मधेसी सभासदहरु प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए ।

विशेष गरी पछिल्लो पटक बारा र पर्सामा प्रहरीले अनावश्यक बल प्रयोग गरेर आधा दर्जन मान्छेको मृत्यु भएको भन्दै त्यस क्षेत्रका सभासदहरुले आलोचना गरे ।

बाराका कांग्रेस सभासद फरमूल्लाह मन्सुरले मधेसका जायज माग वार्ताबाट सम्बोधन गर्नुको साटो सरकार हिंश्रक रुपमा प्रस्तुत भएको आरोप लगाए ।

महोत्तरीकी कांग्रेस सभासद किरण यादवले आन्दोलनकारीलाई वार्तामा ल्याएर जाजय माग सम्बोधन गर्नुपर्नेमा सरकार दमनकारी रुपमा प्रस्तुत भएको अनुभव जनताले गरेको बताए ।

यादवले भनिन्- सरकारले आन्दोलनकारलाई वार्तामा ल्याउन किन ढीला गरिरहेको छ ? तराईमा ठूलो क्षति भइसक्यो, यो परिस्थिति बिगँ्रदै जाँदा झन् समस्या हुन सक्छ ।

सभासद यादवले आन्दोलनकारी पनि हिंस्रक र संवेदनहीन बनेको बताइन् । ‘टीकापुर घटनापछि प्रहरी बढी उत्तेजित देखियो, आन्दोलनकारीको उद्देश्य पनि हिंसा मच्चाउने देखियो’ यादवले भनिन् ।

बाराका एमाले सभासद वलवीर चौधरीले बारा र पर्सामा प्रहरीले पछिल्लोपटक अनावश्यक बल प्रयोग गरेर मान्छे मारेको आरोप लगाए । उनले मधेसका मुद्दा सम्बोधन गर्नुको साटो बल प्रयोगबाट समाधान नहुने बताए ।

चौधरीले आन्दोलनकारी पनि हिंस्रक र उद्देश्यविहीन देखिएको बताए । ‘सरकारले गम्भीरता देखाएको छैन, थारु र मधेसीका जायज माग पूरा गर्न वार्ताको विकल्प बन्दूक होइन’ चौधरीले भने ‘आन्दोलनकारी पनि हिंसा र तोडफोडमा उत्रिएका छन्,उनीहरुलाई पनि वार्तामा आउन आह्वान गर्छु’ ।

पर्साका एमाले सभासद विचारी यादवले आफ्नो निर्वाचन क्षेत्रलाई राज्यले हिंसाको मैदान बनाएको आरोप लगाए । उनले टाउकोमा ताकेर आन्दोलनकारीलाई गोली हानिएको बताए ।

यादवले भने- प्रहरीले धेरै ज्यादती गरेको छ । आन्दोलनकारी पनि पार्टी कार्यालय, सरकारी सम्पत्ति र सभासदको घरमा आगजनी तथा तोडफोडमा उत्रिएका छन् । उनीहरुको उद्देश्य पनि हिंसा भड्काउने देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment