Comments Add Comment

आइफोनलाई उछिन्दै हुवावेले ल्यायो विश्वकै पहिलो फोर्स टच प्रविधियुक्त स्मार्टफोन

Huawei-Mate-S

सेप्टेम्बर ९ मा सार्वजनिक हुन लागेको एप्पलको नयाँ आइफोनमा फोर्स टच नामक नयाँ प्रबिधि आउँदैछ । तर, चिनियाँ मोबाइल उत्पादक हुवावेले एप्पललाई उछिन्दै त्यसको ठिक एक साताअघि फोर्सटचयुक्त प्रबिधिको फोन सार्वजनिक गरेको छ ।

हुवावेले फोर्स टच टेक्नोलोजी युक्त नयाँ स्मार्टफोन मेट एस सार्वजनिक गरेको छ ।

जर्मनीको बर्लिनमा चलिरहेको युरोपको सबैभन्दा वृहत कन्जुमर इलेक्टोनिक्स शो, आइ एफ ए का अवसरमा हुवावेले यो स्मार्टफोन पेश गरेको हो ।

हुवावेको मेट एस मा पाँच दशमलब इन्चको डिस्प्ले, फुल एचडी स्क्रिन रहेको छ भने १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकेा छ । साथै यसमा फिंगरप्रिन्ट सेक्योरिटी प्रविधि पनि रहेको छ । यसका साथै किरिन ९३५ अक्टाकोर प्रोसेसर, ३ जिबी र्याम तथा ६४ जिबी सम्मको स्टोरेज रहेको छ ।
huawei-p8-thumb
एन्ड्रोइड ५.१ अपरेटिंग सिस्टममा चल्ने यो स्मार्टफोनमा २७ सय मिलिएम्पियर क्षमताको ब्याट्रीको प्रयोग गरिएको छ ।

हुवावेको मेट एस फोर्स टच प्रविधियुुक्त विश्वको पहिलो स्मार्टफोन बनेको छ । यो प्रविधिले स्क्रिनमा गरिने हल्का स्पर्श तथा जोडसँग थिच्दा बीचको फरक छुट्टाउन सक्छ र जोडसँग थिचेमा नयाँ फंक्सन खुल्दछ ।

आगामी सेप्टेम्बर ९ मा सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोनमा एप्पलले पनि फोर्स टच प्रविधि भित्राउने खबर अन्तराष्टिय मिडियामा छाइरहेको छ । यद्यपि एप्पललको स्मार्टवाचमा भने फोर्स टच प्रविधि प्रयोग गरिसकिएको छ ।

३२ जिबी स्टोरेजवाला स्मार्टफोनकेा मूल्य हुवावेले ६४९ युरो तोकेको छ भने ६४ जिबी स्टोरेज क्षमताको मेट एस लाई ६९९ युरो तोकिएको छ । जुन एप्पलको हाइ इण्ड आइफोन सिक्स सिरिजका स्मार्टफोन जत्तिकै हो ।

हुवावेका अनुसार मेट एस चीन, जर्मनी, इजरायल, जापान, फ्रान्स तथा स्पेन लगायतका ३० देशमा उपलब्ध सेप्टेम्बरको सुरुदेखि नै उपलब्ध गराइएको छ । पश्चिमी युरोपमा आगामी १५ सेप्टेम्बर देखि यसको प्रिअर्डर सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment