Comments Add Comment

कांग्रेसका जनजाति सभासदको बेग्लै भेला, नौबुँदे संशोधन प्रस्ताव तयार

janjati of congress (4)

१८ भदौ, काठमाडौ । नेपाली कांग्रेसका जनजाति सभासदहरुले राजधानीमा छुट्टै भेला गरेर संविधानमा संशोधन तयार पारेका छन् ।

नरेन्द्र विक्रम नेम्वाङ, रत्न शेरचन, सूर्यमान गुरुङ, दिलमान पाखि्रन, लगायतका नेता तथा सभासदको पहलमा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भेला भएको थियो ।

भेलाले नयाँ संविधानको विधेयकमा संशोधनप्रस्ताव दर्ता गर्ने नौंबुँदे संशोधन तयार पारेका छन् । संशोधनप्रस्ताव पार्टी प्रमुख सतेचक चीनकाजी श्रेष्ठमार्फत संविधानसभामा दर्ता गरिने नेताहरुले बताएका छन् ।

कांग्रेसका जनजाति सभासदहरुले तयार पारेको संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहहरुमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत राखिनुपर्ने लगायत छन् ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सभासद सूर्यमान गुरुङले पहिलेको संविधानसभाले पास गरेको अधिकारलाई समेत कटौती गरिएकोमा दुःख लागेको बताए । ‘पार्टीले सबै जनजातिहरुको संरक्षक गर्छ भनेर नै हामी कांग्रेसमा लाग्यौं’ केन्द्रीय सदस्य गुरुङले भने-‘तर, पहिलेको संविधानसभाले पास गरेको अधिकारसमेत हाम्रा नेताहरुले कटौती गरेकोमा दुःख लागेको छ ।’

उनले धार्मिक स्वतन्त्रताको बारेमासमेत नेपाली कांग्रेसकै नेताहरुमा भ्रम रहेको बताए । ‘धार्मिक स्वतन्त्रताबारेमा हाम्रै साथीहरु भ्रममा छन्’ गुरुङले भने-‘अहिले धर्मको कुरै नलेख्ने भन्न थाल्नु भएको छ, मैले शेरबहादुरजीसँग पनि भेटेको थिएँ, म झस्किएँ ।’

आफूहरुको आस्था पनि हिन्दु धर्ममै भएको उल्लेख गर्दै गुरुङ हिन्दु वर्णाश्रममा नै वर्ग विभाजन गरिएको उनले बताए । भेलामा सहभागी नेपाली कांग्रेसका धादिङका सभासद दिलमान पाखि्रनले संविधानसभामा आफूहरुले फरक मत जाहेर गर्ने बताए ।

संविधानसभामा पार्टीले हृवीप जारी गर्नै निमिल्ने भन्दै पाखि्रनले पार्टीको हृवीप नमान्ने बताए । भेलामा नेपाली काग्रेसका केन्द्रीय सदस्यहरु सूर्यमान गुरुङ, नरेन्द्र विक्रम नेम्वाङ, रत्न शेरचन लगायत तीन दर्जन बढी सभासदको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस सम्बद्ध जनजाति सभासदहरुको भेलाले तयार पारेको नौबुँदे संसोधन प्रस्ताव शुक्रवार नै नेपाली कांग्रेसका प्रमुख सचेतकलाई बुझाउँदैछन् । संविधानसभामा नेपाली काग्रेसका ६३ जना जनजाति सभासद रहेका छन् ।

congress Janajati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment