Comments Add Comment

फेरि शाहरुख र कट्रिनाको अनस्क्रिन रोमान्स

sharukh katrina

मुम्बई । हिन्दी चलचित्र ‘जब तक है जान’ मा शाहरुख खान र कट्रिना कैफको अनस्क्रिन रोमान्स हेरेका दर्शकका लागि खुसीको खबर छ । उनीहरुको जोडी फेरि बाँधिने भएको छ ।

निर्माता/निर्देशक आनन्द एल रायले आफ्नो नयाँ फिल्ममा लागि शाहरुख र कटि्रनालाई अनुबन्ध गर्ने योजना बनाएका छन् । शाहरुखसँग केही पटक मिटिङ गरेका रायले शाहरुखवाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिएका छन् । तर, कटि्रनाले काम गर्ने नगर्ने विषयमा एक महिनापछि टुंगो लाग्ने निर्देशक रायले बताएका छन् ।

अहिले कट्रिना नयाँ फिल्म ‘बार बार’को सुटिङमा ब्यस्त छिन् भने शाहरुख पनि ‘दीलवाले’ को अन्तिम चरणको सुटिङमा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment