+
+
Shares

नेहा कक्कर नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते ११:४३

‘आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायतका चर्चित गीतहरूमा आवाज दिएकी चर्चित गायिका नेहा कक्कड काठमाण्डौ आउने भएकी छिन् । ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’को आयोजना हुन गइरहेको दुई कार्यक्रममा नेहाले आफ्नो प्रस्तुती दिनेछिन् ।

नेहाले चैत २७ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने २८ गते ठमेलस्थित एलओडीमा प्रस्तुती दिनेछिन् । नेहाले आफू काठमाण्डौ आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन् । उनले एक भिडियोमा आफू नेपाल आउन लागेको र दुई ठाउँमा प्रस्तुती दिने बताएकी छिन् । भिडियोमा बोल्दै उनले नेपालमा रहनुभएका दर्शक तथा स्रोतालाई उक्त शोमा निमन्त्रणा पनि दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?