Comments Add Comment

चार दिनमा टाटाको ७४ कार बुकिङ

२१ भदौ, काठमाडौं । राजधानीको नक्सालमा चार दिनसम्म चलेको टाटा अटो मेलामा ७४ वटा जीप तथा कार बुकिङ भएका छन् । जुन अघिल्लो मेलाको तुलनामा सन्तोषजनक सुधार हो ।

मेलामा २२ सय भन्दा बढी अवलोकनकर्ता आएको सिप्रदी ट्रेडिङ प्रालीले जनाएको छ । गत वर्षको मेलामा १३ सय जना अवलोकनकर्ता आएका थिए भने ४० थानमात्र गाडी बुकिङ भएको थियो ।

tata mela (2)

‘देशको परिस्थिती अनुसार मेलामा सहभागी ग्राहकको संख्या राम्रो हो, बुकिङलाई पनि हामीले सन्तोषजनक सुधार मानेका छौं’ सिप्रदीका अर्जुन कार्कीले भने- ‘हामीले यस वर्ष दुई हजारको हाराहारीमा अवलोकनकर्ता आउने अनुमान गरेका थियौं ।’

विगतका मेलमा भन्दा यस पटक वास्तविक ग्राहकहरु बढी आएको कार्कीले बताए । यसकारण पनि मेला राम्रो भएको उनको भनाई छ । मेलामा कार एक्स्चेञ्च अफर समेत रहेको थियो ।

मेलामा बुकिङ भएका ७४ गाडीमध्ये ४० प्रतिशत एक्स्चेञ्ज बुकिङ र ६० प्रतिशत नयाँ बुकिङ रहेको कार्कीले जानकारी दिए । गाडी एक्स्चेञ्जका लागि १५० भन्दा बढी पुराना कार भेलुयसनका लागि ल्याइएको थियो ।

मेलामा बुकिङ हुने गाडीमा सबैभन्दा बढी टाटा बोल्ट र टाटा जेष्ट रहेको छ । टाटा बोल्ट हालैमात्र नेपाली बजारमा सार्वजनिक गरिएको कार हो । यो कारबाट टाटाले ठूलो अपेक्षा गरेको छ ।

मेलामा टेष्ट ड्रइभ मात्र साढे तीनसय भन्दा बढी भएको थियो । सिप्रदीले टेष्ट ड्राइभका लागि २२ भन्दा बढी मोडल राखेको थियो । मेला तीन तारिखमा सुरु भएर ६ तारिखमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment