+
+

विराटनगरका पत्रकारले स्थलगत रिपोर्टिङ नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १५:१४

२३ भदौ, मोरङ । आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् ।

Biratnagar-tanab
आन्दोलनकारीले विराटनगरमा जलाइदिएको पत्रकारको मोटरसाइकल

बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् ।

त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेको थियो । बैठकले दोषिलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै बुधबारै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?