+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/4 (13.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

तीन दलले दिए आन्दोलनकारीलाई वार्तामा आउन अन्तिम अवसर

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते २०:२४

Sushil,-kp-And-Prachanda

२३ भदौ, काठमाडौं । प्रमुख तीन दलले ‘अन्तिम अवसर’ भन्दै आन्दोलनरत पक्षलाई निःशर्त वार्तामा आउन अपील गरेका छन् ।

संविधानसभामा बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले बन्द हड्ताल फिर्ता लिन र वार्तामा आउन आहृवान गरिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘सार्वसाधारण जनतामा ठूलो कष्ट हुने गरी बन्द र आमहड्ताल जस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालय तथा निजी सम्पत्तिको तोडफोड र हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिन र सबै समस्याको समाधान शान्तिपूर्ण लोकतन्त्रिक तवरबाट खोज्न तत्काल वार्तामा आउन हामी अपील गर्दर्छौं ।’

तीन दलका शीर्ष नेताहरुले संविधानसभाको बहस अन्तिम चरणमा पुगेका बेला शान्तिपूर्ण छलफलबाट प्रस्तावित संविधानलाई थप परिर्माजन गर्ने अवसर उपयोग गर्न आन्दोलनरत राजनीतिक दल र नेतृत्वलाई आग्रह गरेका छन् ।

तीन दलका तीन शीर्ष नेताहरुले वार्ता र सम्वादको ढाका बन्द गर्न नहुने भन्दै लोकतन्त्र र राष्ट्रिय हितलाई महसुस गर्दै वार्तामा आउन अपील गरिएको छ ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो वार्ताका लागि अन्तिम अवसर भएको बताए । उनले भने-‘हामीलाई विश्वास छ, आन्दोलनकारी वार्तामा आएर छिट्टै समझदारी हुनेछ ।’

थारु र मधेसी मोर्चाले वार्ताका लागि सेनालाई व्यारेकमा फर्काउनु पर्ने सहितका सर्त राखेका छन् । मधेसी मोर्चाले विगतको सहमति कार्यान्वयनको प्रतिवद्धतासँगै संविधान निर्माण प्रक्रिया केही समयका लागि रोक्नु पर्ने माग गर्दै आएको छ ।

तर, तीन दलले भने संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । आन्दोलनरत पक्ष वार्तामा आए दिनरात छलफल गर्न तयार रहेको नेताहरुले बताए ।

Three-Party-Statement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?