२७ भदौ, काठमाडौं । निकै प्रतिस्पर्धी बनिरहेको कम्प्याक्ट एसयुभी सेगमेन्टमा नयाँ खेलाडी थपिएको महिन्द्राको टीयुभी ३००मोटर ।
बहुप्रतिक्षित यो मोडल बिहीबार भारतीय बजारमा सार्वजनिकगरिएको छ, जुनयही सेगमेन्टका अन्य प्रतिस्पर्धीहरु फोर्ड इकोस्पोर्ट, हुण्डाई क्रेटा र सुजुकीको एस-क्रसभन्दा सस्तो छ । मन्हिन्द्राकै बलेरोभन्दा केही महंगो र स्करपियोभन्दा सस्तो मूल्य तय गरिएको छ ।
स्कर्पियो र एक्सयुभी ५०० मार्फत् भारतीय एसयुभी सेगमेन्टमा मार्केट लिड गरिरहेको महिन्द्राले ल्याएको यो नयाँ मोडलले बजारमा तरङ्ग ल्याइदिएको छ ।
महिन्द्राले एकैचोटी बिभिन्न सातवटा भेरियन्टमा सार्वजनिक गरेको टीयुभी गाडीको मूल्य ६ लाख ९८ हजार देखि ९ लाख २० हजार भारतीय रुपैयाँसम्म रहेको छ ।
महिन्द्राको यो मोडल पहिले चर्चा गरिएजस्तो बोलेरोको सुधारिएको स्वरुप नभई पुरै नयाँ आधारमा तयार पारिएको छ, जसले नयाँ सेगमेन्टको बजार सिर्जना गर्ने महिन्द्राले विश्वास गरेको छ । झट्ट हेर्दा जीपको स्वरुपमा देखिने यो गाडी शहरी सडकमात्र नभई नेपालजस्तो कच्ची र पहाडी सडकमा पनि त्यतिकै उपयुक्त हुनेगरी डिजाइन गरिएको छ ।
सेनाले प्रयोग गर्ने युद्ध ट्याङ्बाट प्रभावित भई यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ । जसका कारण महिन्द्राको एसयुभीमा अघिल्लो भाग अलिक ठूलो छ भने चौडा छानो र उच्च ग्राउन्ड क्लियरेन्सयुक्त छ ।
१४९३ सीसी क्षमताको डिजेल इन्जिनयुक्त टीयुभी ३०० ले १८.९४ किलोमिटर प्रतिघण्टा माइलेज दिन्छ । सातमध्ये ५ वटा मोडल म्यानुअलगियर र टी सिक्स प्लस तथा टी ८ दुईवटा अटोमेटिक गियरयुक्त रहेका छन् ।
गाडीको आन्तरिक र बाह्य दुवै सजावट महिन्द्राका अघिल्ला गाडीभन्दा उन्नत लाग्छन् । ७ सिटे यो गाडीले सिट संख्याका आधारमा होण्डा मोबिलियो र इर्टिगा गाडीका फ्यानलाई पनि आर्कषिर्त गर्न सक्छ ।
दुई वटा एयरब्याग, पावर विन्डो, सेन्ट्रल लक, स्टेरिङ अडियो कन्ट्रोल लगायतका पछिल्ला सुविधाहरु यसमा रहेका छन् ।
प्रतिक्रिया 4