Comments Add Comment

विदेशीको लहैलहैमा लाग्दा यस्तो भयो : कमल थापा

२७ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको बैठकलाई सम्बोधन गर्दा एमाओवादी नेता डा. बाबुराम भट्टराई र गगन थापाको नाम उच्चारण गरे । बाबुराम र गगन दुबैले मुलुक गम्भीर संकटमा पर्दैछ भनेर गरेको विश्लेषण उधृत गर्दै थापाले विदेशीको लहैलहैमा लाग्दा यस्तो भएको बताए ।

फाइल फोटो
फाइल फोटो

नेताहरुको अर्कमन्यताको साक्षी बस्नका लागि राप्रपा नेपाल संविधानसभामा उपस्थिति नभएको बताउँदै थापाले भने- ‘जनताले चुनावमा दिएको मतको संरक्षणका लागि हामी यहाँ उपस्थित भएका हौं । आफूहरुले संशेाधन प्रस्ताव दर्ता गरेका छौं, त्यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।

अहिलेको जटिल अवस्था आउनुमा नेपाल निर्माणका आधार स्तम्भहरु ढालिनु मुख्य कमजोरी भएको अध्यक्ष थापाले बताए ।

थापाले बैठकमा भने- ‘हामीले एकले अर्कोलाई आरोप लगाएर बच्न सक्ने अवस्था भएन । राष्ट्रिय अस्थित्व संकटमा छ, राष्ट्रिय मेलमिलाप, वार्ता र सम्वादलाई प्राथमिकता दिनु जरुरी छ ।’

राप्रपा नेपालले हारेर भए पनि आफ्नो सिद्धान्त रक्षा गरेको थापाले दाबी गरे । ‘एउटा चुनावमा हार्दैमा सिद्धान्त पराजित हुँदैन । समय र सविधान अनुसार चल्नेहरुको कुनै गन्ती हुँदैननन् । तर, मृत्युवरण गरेर पनि केही नामहरु चर्चित छन् ।’ थापाले भने, ‘नेपालमै पनि केही नेताहरु बाँचिराखेका छन् । त्यसैले विधि र सिद्धान्त प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार प्रतिज्ञा गर्न चाहन्छु । फरक मत अध्यक्ष समक्ष पेश गरेर प्रक्रियामा सहभागी हुने जानकारी गराउँछु ।’

संविधान जारी गर्ने चरणसम्म आइपुग्दा देश अत्यन्तै गम्भीर अवस्थामा आइपुगेको थापाले बताए । उनले भने- ‘यो दुर्घटनाबाट बचाउनका लागि हाम्रो पनि कुनै न कुनै भूमिका हुन सकोस् भनेर हामी यो प्रक्रियामा सहभागी भएका छौं ।’

देश संकटमा छ, तर किन ?

‘बाबुराम भट्टराईजीले देश भयावह दुर्घटनातर्फ जान सक्ने आँकलन गर्नुभएको छ,’ थापाले संविधानसभामा भने, ‘०६४ को चुनावमा भाग लिन जाँदा राप्रपाको घोषणापत्रमा विश्लेषण गरेकै जस्तो अवस्था भएको छ, यस्तो किन भयो ?’

थापाले कुनै पनि मुलकको राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डता शुन्यमा नरहने बताउँदै थापाले भने- ‘नेपाल प्राचीन देशमा पर्दछ, इस्लाम धर्म जन्मनुभन्दा अगाडि नै यहाँ भगवान बुद्धको जन्म भयो । किरात धर्म यहीँ स्थापना भयो । बृटिस साम्राज्यले भारत कब्जा गरिराखेको अवस्थामा पृथ्वीनारायण शाहले राज्यसत्ता कायम गरे । एमात्मक प्रणाली स्थापना भयो । ००७ सालमा प्रजातन्त्र स्थापना भयो । यिनै आधार स्तम्भका आधारमा नेपालमा एकता कायम भएको थियो ।’

नेपालको राष्ट्रिय एकताका आधार स्तम्भहरु भत्काइएकाले राष्ट्र संकटमा परेको थापाले बताए । उनले भने- ‘वौद्धिक रोमाञ्स र विदेशीको लहैलहैमा लागेर हामीले यी एकताका आधारहरुलाई भत्कायौं । विधितामा एकता कायम गरेका यी मान्यतालाई हटाउने हामी केवल सम्वाहकका रुपमा मात्रै परिणत भएका छौं ।’

आइतबार संविधानसभाको बैठकमा बोल्दै थापाले भने- ‘म अहिले कसैलाई आरोप लगाउन चाहन्न, कसैप्रति तीतो पोख्न चाहन्न, तर हामी गणतन्त्र, धर्म निरपेक्षताका सम्वाहक बन्दा विदेशीले हामीलाई भ्यारिटीका आधारमा सहयोग गरेका होइनन्, उसका केही अभिष्टहरु थिए ।’

मधेसलाई बढी आश देखाइयो

राप्रपा नेपालका अध्यक्ष थापाले जातीय राज्य लगायतका विषयमा पूरा हुन नसक्ने आशा देखाइएकाले जनताले आन्दोलनमा उत्रिएको बताए ।

थापाले भने- ‘चार दर्जन नेपाली आमाका छोराछोरी मारिएका छन् । संविधान देशका लागि आवश्यक छ, तर तराई र मधेसमा जनजाति र मधेसीले उठाएका मागलाई उपेक्षा गर्न मिल्दैन ।’

‘परिवर्तनलाई आत्मसाथ गर्ने क्रममा असम्भव आश्वासन दियौं, जातीय राज्यहरु बाँड्यौं । आश्वासन पाएका उत्साहित जनताले मागहरुलाई लिएरु आवाज उठाइरहेका छन्,’ थापाले बैठकमा भने, ‘ती मागहरु सम्बोधन भएनन् भने गृहयुद्ध हुने सम्भावना छ । हामीले बुद्धि नपुर्‍याउने हो भने, नेताले दुरदृष्टि नराख्ने हो बाबुराम भट्राई र गगन थापाले आँकलनले गरेको जस्तो खतरा देखिइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment