Comments Add Comment

सुजुकीको ‘चमत्कार’ योजना, बम्पर उपहारमा ‘एस-क्रस’ कार

२९ भदौ, काठमाडौं । सुजुकी गाडीको नेपाली बिक्रेता सिजी मोटोकोर्पले दशैं तिहारको लागि आकर्षक उपहारसहित ‘चमत्कार’ योजना घोषणा गरेको छ । कम्पनीले हरेक वर्ष नयाँ र आकर्षक उपहार योजना ल्याइरहेको छ ।

‘चमत्कार’ योजनाअन्तर्गत ग्राहकहरुले बम्पर उपहारको रुपमा सुजुकी एसयुभी ‘एस-क्रस’ जित्न सक्नेछन् । यो योजना अहिले सञ्चालन भइरहेका अरु योजनाभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

Suzuki Offer

सिजी मोटोकोर्पले मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा ‘एस-क्रस’, ‘अल्टो के१०’ र ‘फेसलाइफ डिजायर’ सार्वजनिक गर्दै छ । अटो शोको स्टल नम्बर ‘ए७’मा गाडी सार्वजनिक गर्न लागेको हो ।

ग्राहकले बम्पर उपहार ‘एस-क्रस’को साथमा ७ लाख ५० हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

अटो शोको अकर्षणका रुपमा सिओर-सट एसएमएसद्वारा ग्राहकले १० हजारदेखि ५० हजारसम्म जित्न सक्नेछन् । यो जम्मा ५ दिनको लागिमात्र लागू हुने बताइएको छ ।

देशभरिका ग्राहकहरुले अटो शो अवधिभरि काठमाडौं नआई कुनै पनि सुजुकी शो-रुमबाट न्यूनतम मूल्यमा सुजुकी गाडी बुक गर्न सक्ने कम्पनीले जनाएको छ । बुकिङ नाडा शो अवधिभर मात्र चालु हुनेछ । यस अवधिमा गाडी बुकिङ गर्नेलाई कुनै पनि गाडिमा ४ वर्ष वारेन्टी प्रदान गरिने भएको छ ।

‘चमत्कार’ योजनाको थप अकर्षणको रुपमा ग्राहकहरुले अधिकतम १० हजारसम्मकोसर्भिसिङ कुपन जित्न सक्नेछन् । ग्राहकहरुले एक वर्षको लागि निःशुल्क बिमा, निःशुल्क रोड ट्याक्स, फुल्ली-लोडेड एक्सेसरिज् र निःशुल्क सर्भिसिङजस्ता सुविधाहरु पनि पाउने छन् ।

सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले सुजुकीको योजना अरुभन्दा निकै उत्कृष्ट भएको बताए ।

‘हामी सधै ग्राहकहरुलाई आकर्षक उपहार दिँदै उनीहरुको मन जितेर खुसी र सन्तुष्ट बनाउन सफल भएका छौं’ चौधरीले भने- ‘यो वर्ष पनि दशैं र तिहारमा हाम्रो नयाँ योजनाले ग्राहकहरुको मन जित्ने विश्वास छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment