२९ भदौ, काठमाडौं । जापानी कार निर्माता कम्पनी होण्डाले मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शोमा ‘ज्याज’ कार सार्वजनिक गरेको छ । नेपालमा भित्रिएको होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हो ।
होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५ देशमा ५५ लाखभन्दा बढी ज्याज बिक्री भइसकेको कम्पनीले जनाएको छ । ज्याजको पहिलो जेनेरेशन सन् २००१ मा बजारमा आएको थियो ।
१२ सय सीसीको पेट्रोल इञ्जिन होण्डा ज्याज नेपाली बजारमा ६ भेरियन्टमा उपलब्ध हुने भएको छ । ज्याजको मूल्य नेपालमा २८ लाख ३५ हजार रुपैयाँबाट सुरु भई ३९ लाख २५ हजार रुपैयाँसम्म पर्ने छ ।
नेपालमा ज्याजको मूल्य
होण्डा ज्याज | इएमटी | एसएमटी | एसभिएमटी | भिएमटी | एससिभिटी | भिभिटी |
---|---|---|---|---|---|---|
शो-रूम मूल्य | २८,३५,००० | ३१,००,००० | ३३,२५,००० | ३४,७५,००० | ३५,५०,००० | ३९,२५,००० |
ज्याजले एक लिटर पेट्रोलबाट १९ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । आकर्षक डिजाइनमा रहेको ज्याजमा एडभान्स टेक्नोलोजि प्रयोग गरिएको हुँदा यो सेगमेन्टको कारमा बढी माइलेज दिन सफल भएको हो ।
यसको अलवा ज्याजमा लिड टेल लाइट एन्ड स्टप ल्याम, रियर माइक्रो एन्टेना, १५ इञ्जको टायर, स्टाइलिस फग लाइट, स्लिक टर्न इन्डिकेटर्स अन डोर मिरर, स्पोर्टी एन्ड प्रिमियम डिजाइन लगायतका विशेषता रहेका छन् ।
यसमा एडभान्स इन्टेरियर डिजाइन गरिएको छ । टचस्कि्रन कन्ट्रोल प्यानलसहितको अटो एसी, पाँच इञ्चे डिस्प्लेसहितको एडभान्स इन्टिग्रेटेड अडियो, रियर पार्कीङ क्यामेरा लगायतका विशेषताले ज्याज सुसज्जित रहेको छ । नेपालमा होण्डा गाडी तथा मोटरसाइकल स्याकार ट्रेडिङ प्रालीले बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4