Comments Add Comment

ए आर रहमानले भने-‘म सबै धर्मको सम्मान गर्छु’

ar-raheman
प्रसिद्ध संगीतकार ए आर रहमानले पैगम्बर मोहम्मद माथी बनेको चलचित्रमा संगीत दिएपछि उनको संगीतको विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् ।

मुसलमानको मुम्बई स्थित एक संस्था रजा अकाडमीले यस चलचित्रको सन्दर्भमा रहमानको कडा आलोचना गरेका थिए । यतिसम्म कि चलचित्रलाई प्रतिबन्ध लगाउन माग गर्दै गृहमन्त्री राजनाथ सिंह र महाराष्ट्रका मुख्य मन्त्रीलाई पत्र समेत लेखे ।
रजा एकेडेमिका प्रमुख सईद नुरीले पछिल्लो शुक्रवार दिएको एक अन्र्तवार्तामा भनेका थिए- ‘चलचित्रका निर्माता/निर्देशक/संगीतकार रहमान र अन्यले माफी माग्नुपर्छ ।’

पैगेम्बर मोहम्मद माथी बनेको चलचित्र ‘मोहम्मद : म्यासेन्जर अफ गड’ मा रहमानले संगीत दिएका छन् । इरानका माजिदी मजिदीले चलचित्रको निर्देशन गरेका छन् । यो चलचित्रलाई ईरानमा बनेको अहिलेसम्मकै सबै भन्दा महंगो चलचित्र मानिन्छ । यस चलचित्रमा चार करोड अमेरिकी डलर लगानी भएको छ ।

रजा एकेडमीलाई जवाफ दिंदै रहमानले फेसबुकमा लेखेका छन्-‘म इस्लामको विद्धान होईन । मैले पश्चिमा र पूर्वीय संस्कृति भोगेको छु र सबैको सम्मान गर्छु ।’

आफुले यस चलचित्रमा संगीत मात्रै दिएको भन्दै सफा नियतले चलचित्रमा संगीत दिने निर्णय गरेको सुनाए । ‘कसैको भावनालाई चोट पुर्‍याउनका लागि यो काम गरिएको होईन ।’ उनले भनेका छन् ।

एकेडमीका प्रमुखले अन्र्तवार्ताको क्रममा चलचित्रको विरोधको कारण बताउँदै भनेका थिए-‘मुस्लिम हुनुको नाताले हामीले केही गर्नुपर्छ । जब हामी अल्लाहको सामने प्रस्तुत हुन्छौ त्यतिवेला उनले भन्ने छैनन ‘तिमीलाई हामीले रोक्नका लागि केही गरेका छैनौं ।’

जवाफमा रहमानले लेखेका छन्-‘चलचित्रमा संगीत दिने निर्णय पनि अल्लाहकै कारण भएको हो ।’ रहमानले भनेका छन्-‘मैलै भाग्यमानी महसुस गरेको छु ।’ साथै उनले भारत जस्तो धार्मिक स्वतन्त्रता भएको देशमा जन्मिन पाएकोमा थप गौरवान्वित महुसुस भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment