Comments Add Comment

अटो मेलामा टाटाको ‘न्यू स्टर्म’, बोल्ट बन्यो प्रमुख आकर्षण

nada show 2072 (1)

३० भदौ, काठमाडौं । भारतीय मोटर्स कम्पनी टाटाको एसयुभी गाडी ‘न्यू स्टर्म’ अटो मेलाको आकर्षण बन्न सफल भएको छ । टाटाको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ स्टर्म अटो मेलामा सार्वजनिक गरेको हो ।

सफारी स्टर्मको अपग्रेडेड भर्सनका रुपमा नयाँ स्टर्म भित्रिएको हो । २२ सीसीको डिजेल इञ्जिन स्टर्म एलएक्स र भिएक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य नेपाली बजारमा ४२ देखि ५६ लाख रुपैयाँसम्म तोकिएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले सार्वजनिक गरेको नयाँ स्टर्मले महानायक राजेश हमालको पनि मन जित्न सफल भएको छ । हमालले स्टर्मका बारेमा विस्तृत जानकारी लिएका थिए । हमाल मेलाका ब्रान्ड एम्बासडर हुन् ।

यसको अलवा कम्प्याक्ट सेडान जेष्ट र मल्टिड्राइभ हृयाचब्याक बोल्ट पनि मेलामा मुख्य आकर्षण बनेका छन् । मेलामा आउने अधिकांश अवलोकनकर्ताले टाटा बोल्टका बारेमा जानकारी लिएको सिप्रदीका एसिस्टेन्ट म्यानेजर श्रीजन नेपालले बताए । मेलामा १५० गाडी बुकिङ गराउने कम्पनीको लक्ष्य रहेको छ ।

भिडियो

अटो मेलामा नयाँ स्टर्म अनावरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत सम्भुप्रसाद दाहालले भने- ‘जेष्ट र बोल्टको सफलतापूर्वक सार्वजनिक गरेपछि नयाँ स्टर्म हाम्रो तेस्रो हरिजोनेक्स्ट उत्पादन हो ।’ जेस्ट र बोल्टले जस्तै नयाँ स्टर्मले पनि ग्राहकको विश्वास जित्न सफल हुनेमा कम्पनी ढुक्क छ ।

नयाँ स्टर्म

नयाँ स्टर्म नेपालको दुर्गम तथा अप्ठयारो भू-बनोटका लागि उत्तम रहेको कम्पनीको भनाई छ । यो गाडी कम्पनीको ग्राहककेन्दि्रत हरिजननेक्स्ट रणनीतिमा आधारित छ ।

नयाँ स्टर्म ड्राइभनेक्स्ट र कनेक्टनेक्स्ट जस्ता प्रविधिहरूले सुसज्जित रहेको छ । ड्राइभनेक्स्टले नयाँ स्टर्मको क्षमता वृद्घ िगरेको छ । वाहनलाई अझ बढी शक्तिशाली र आरामदायी बनाएको छ ।

२ सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको नयाँ स्टर्म जस्तोसकै भू-बनोटमा चलाउँदा पनि चालक र यात्री दुवैलाई अतुलनीय अनुभूति दिलाउने कम्पनीको भनाई छ । यसमा टाटा मोटर्सको उन्नत प्रविधिमा आधारित भेरिकोर इञ्जिन जडान गरिएको छ ।

nada show 2072 (11)

३२० एनएमको तान्ने शक्ति (टर्क), ५-स्पिड गियरबक्स यसका विशेषता हुन् । यसमा रहेको हर्मनको पूर्ण एकीकृत कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिष्टमले सवारी चालनको पूर्ण सुखद अनुभव दिलाउने छ ।

इन्फोटेनमण्ट सिष्टम अन्तर्गत ब्लुटुथयूक्त एलसिडी डिस्प्ले, आइपड-ईन, युएसबी-ईन, अक्स-ईन सिडी र एएम-एफएम प्लेयरलगायत पर्छन । साथमा ६ स्पिकरयूक्त यो प्रणालीले एउटा उत्कृष्ट अनुभूति दिलाउने छ ।

नयाँ स्टर्म १४ सेकेण्डमा सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्छ । यसले प्रतिलिटर १४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

टाटा बोल्ट

अटो शोमा बोल्ट टाटाको मुख्य आकर्षण हो । मेलामा आउने अधिकांशले बोल्टका बारेमा सोधपुछ गर्ने गरेको कम्पनीको भनाई छ । स्पोर्टी हृयाचब्याक बोल्ट पेट्रोल र डिजेल इञ्जिनमा उपलब्ध छ । पेट्रोल र डिजेल दुबै सेगमेन्टमा ३/३ वटा भेरियन्ट रहेका छन् ।

नेपाली बजारमा पेट्रोल इञ्जिन बोल्टको मूल्य २३ लाख ९५ हजार रुपैयाँदेखि २९ लाख २५ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै, डिजेल बोल्टको मूल्य २८ लाख ३५ हजारबाट सुरु भई ३२ लाख ४५ हजारसम्म पर्छ ।

nada show 2072 (22)

कम्पनीका अनुसार पेट्रोल इञ्जिन बोल्टले प्रतिलिटर १७ किलोमिटर र डिजेल इञ्जिन बोल्टले २३ किलोमिटर माइलेज दिन्छ । बोल्टको आकर्षक पक्ष भनेको यसमा मल्टि ड्राइभ मोड रहेको छ ।

‘इको मोड’, ‘सिटी मोड’, र ‘स्पोर्ट मोड’ रहेका छन् । इको मोडमा गाडी चलाउँदा इन्धनको बचत हुनेछ । स्पोर्ट मोडमा राखेर गाडी चलाउँदा इञ्जिनले उच्च पावर दिने छ । सिटी मोडमा इन्धन बचत गर्ने र पावर दिने दुबै विशेषता रहेको हुन्छ ।

बोल्ट भेनेसियन रेड, प्रिस्टिन हृवाइट, प्लाटिनम सिल्भर, स्काइ ग्रे, डयुन बिज गरी पाँच कलरमा उपलब्ध छ ।

टाटा जेस्ट

जेष्ट टाटा मोटर्सको अर्को उत्पादन हो । डिजाइनेक्स्ट, ड्राइभनेक्स्ट र कनेक्टनेक्स्टको मूर्तरूप गतिशील, आरामदायी अनुभूति सेडान जेष्टले दिन्छ । बोल्टजस्तै जेस्ट पनि इको, सिटी र स्पोर्ट गरी तिन मोडलमा उपलब्ध छ ।

nada show 2072 (13)

पेट्रोल इन्जिनमा आधारित जेष्ट एक्सआई, एक्सएम र एक्सटी गरी तीन मोडलमा छ । डिजल इन्जिनमा एक्सआई, एक्सएम, एक्सएमए (एएमटी), एक्सटी र एक्सटीए (एएमटी) गरी पाँच भेरियन्टमा उपलब्ध छ ।

जेष्ट बज ब्लु, भेनेसियन रेड, स्काइ ग्रे, डयुन बिज, प्लाटिनम सिल्भर र प्रिस्टिन हृवाइट गरी ६ आकर्षक कलरमा उपलब्ध छ ।

दशैं तिहार उपहार योजना

सिप्रदीले दशैं तिहारलाई लक्षित गरी अटो शोबाटै लागू हुने गरी उपहार योजनाको घोषणा गरेको छ । यो उपहार योजना तिहारसम्म चालु हुनेछ ।उपहार अन्तर्गत नयाँ स्टर्म खरिद गर्ने ग्राहकले यामाहा आर १५ बाइक र सामसुङ ग्यालेक्सी नोट ५ प्राप्त गर्नेछन् ।

यसैगरी, टाटा बोल्ट खरिद गर्ने ग्राहकले यामाहा एफजेडएफआई बाइक र ग्यलेक्सी नो ५ प्राप्त गर्नेछन् । जेष्ट खरिद गर्नेले यामाहा एफजेडएफआई बाइक प्राप्त गर्नेछन् ।nada show 2072 (14)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment