३१ भदौ, काठमाडौं । जापानीज मोटरसाइकल ब्रान्ड होण्डाले अटो मेलामा झण्डै एक दर्जन मोडल प्रर्दशनीमा राखेको छ । ‘लो’ देखि ‘हाइ’ रेञ्जसम्मका मोटरसाइकल राखिएको हुँदा होण्डाको स्टलमा ग्राहकहरुको भिड लागेको छ ।
होण्डा नेपालीले सर्वाधिक रुचाएको ब्रान्ड हो । आकर्षक डिजाइन, उच्च रिसेल भेल्यू, उत्कृष्ट माइलेज लगायतका विशेषताले होण्डा मोटरसाइकल नेपालमा नम्बर वान बनेको छ । मेलामा पनि ग्राहकको ध्यान होण्डाको मोटरसाइकल तथा स्कुटरमा खिचिएको देखिन्छ ।
मेलामा होण्डाको १ लाख ७२ हजार ९ सय रुपैयाँ पर्ने डियो स्कुटरदेखि २२ लाख रुपैयाँ पर्ने सिबिआर ६०० आरआर स्पोर्टस् बाइकसम्म प्रर्दशनीमा राखेको छ । डिओ स्कुटर नेपालमा सर्वाधिक रुचाइएको स्कुटर हो ।
होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङले होण्डा युनिकर्न, साइन, डिओ, सिबिआर ६०० आरआरको अपग्रेडेड भर्सन प्रर्दशनीमा राखेको जनाएको छ । यसअघि १५० सीसीमा उपलब्ध होण्डाको चर्चित मोडल युनिकर्न अहिले १६० सीसीमा आएको छ ।
मेलामा सबैभन्दा बढी आकर्षण डिओ स्कुटर र युनिकर्नमा देखिएको स्टलकर्ताले बताए । त्यसपछि सिबिआर २५० र सिबी टि्रगरमा पनि ग्राहकको आकर्षण देखिएको छ । सिबिआर ६०० आरआर बाइकमा भने चासो राख्नेहरु धेरै आएको कम्पनीको भनाई छ । महंगो भएको हुँदा यो बाइक किन्ने भन्दा बुझ्ने धेरै हुन्छन् ।
यस्ता छन् होण्डा बाइक
सिबिआर ६०० आरआर
मेलामा राखिएको सबैभन्दा महंगो बाइक सीबीआर ६०० आरआर हो । यसको मूल्य २२ लाख रुपैयाँ रहेको छ । ६ सय सीसीको यस पि्रमिय बाइकले नेपाली सडकमा प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । महंगो भए पनि यस बाइकमा ग्राहकको आकर्षण देखिन्छ । यो मोडल स्याकारले अपग्रेडेड भर्सनमा भित्राएको हो ।
सिबिआर २५०
स्पोर्टी बाइक सिबिआर २५० मोडलको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । मध्यम खालको स्पोर्टी बाइक खोज्नेले होण्डाको यो मोडल खोज्ने गर्छन । यो बाइकले काठमाडौंको सडकमा २५ किलोमिटर माइलेज दिने बताइएको छ ।
एक्सआर १५० एल
एक्सआर १५० एल होण्डाको डट बाइक हो । अफरोडमा चलाउन यो बाइक उत्कृष्ट रहेको छ । यो बाइक कच्ची सडकमा लङ ड्राइभका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ ।
१५० सीसीको यो बाइकको मूल्य ४ लाख ७० हजार रुपैयाँ तोकिएको छ । भीआरको प्रतिस्पर्धी यो बाइक नेपालीमाझ लोकप्रिय रहेको छ ।
डियो स्कूटी
नेपाली स्कुटर बजारमा सर्वाधिक चर्चित मान्छि होण्डा डिओ । आकर्षक डिजाइन र नयाँ फिचरसहित भित्रिएको नयाँ डिओ ३ महिनाको अवधिमै साढे ४ हजार थान बिक्री भएको थियो ।
पछिल्लो समय नेपाली महिलाको पहिलो रोजाइमा डिओ परेको छ । महिलामात्र होइन पुरुषहरु पनि डिओ स्कुटरमा हुँइकिएको देख्न पाइन्छ । १०९ सीसीको डिओको मूल्य १ लाख ७२ हजार ९ सय रहेको छ । यसले प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।
युनिकर्न
होण्डाले युनिकर्न १६० सीसीमा नेपाली बजारमा ल्याएको छ । युनिकर्न होण्डाको सर्वाधिक रुचाइएको मोडल हो । यसअघि युनिकर्न १५० सीसीमा उपलब्ध थियो । अहिले पनि १५० सीसीको युनिकर्न उपलब्ध छ ।
आकर्षक डिजाइन, पावरफुल इञ्जिनका साथ भित्रिएको नयाँ युनिकर्न १६० लाई पनि ग्राहकले रुचाएको कम्पनीले बताएको छ । युनिकर्न १६० को मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ रहेको छ ।
मेलामा पुरानो १५० सीसीको युनिकर्न पनि प्रर्दशनीमा राखिएको छ । यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ ।
ट्रिगर
सिबी ट्रिगर पनि नयाँ डिजाइनमा आएको छ । १४९ सीसीको ट्रिगरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।
साइन
साइन अफिसियल कर्मचारीदेखि युवा पुस्तासम्मले रुचाएको बाइक हो । आकर्षक डिजाइन, उच्च माइलेज, चलाउन सजिलो, उच्च रिसेल भेल्यू लगायतका कारण साइन नेपाली सडकमा सर्वाधिक बढी गुड्ने बाइकमा पर्छ ।
१२४ सीसीको साइन होण्डाको पनि सबैभन्दा बढी बिक्री हुने बाइक हो । यो डिस ब्रेक भएको र नभएको दुई अप्सनमा उपलब्ध छ । डिस ब्रेक भएको साइनको मूल्य १ लाख ९३ हजार ९ सय रुपैयाँ रहेको छ भने डिस ब्रेक नभएको साइनको मूल्य १ लाख ८७ हजार रुपैयाँ पर्छ ।
प्रतिक्रिया 4