Comments Add Comment

म आजिवन दीपिकाको प्रतिक्षा गर्छुः रणबीर

ranabir-depika-(1)

मुम्बई । अभिनेता रणबीर सिंहले भनेका छन् ‘म दीपिका पादुकोणका लागि आजिवन प्रतिक्षा गर्न तयार छु ।’

पूर्णेमा भएको एक कार्यक्रममा दीपिका पनि उपस्थित थिइन् । रणबीरको कुरो सुन्ने बित्तिकै संवाददाताले दीपिकालाई प्रश्न गरे । के तपाई पनि रणबीरका लागि जिन्दगीभर प्रतिक्षा गर्न तयार हुनुहुन्छ ?’

प्रश्न सुनेर दीपिकाले आश्चर्य हुँदै सोधिन ? तपाई रणबीरसँगै सोध्नुस् । कुन सन्दर्भको कुरा गरेको हो ? प्रतिक्षा कुनै रेष्टुरेन्टमा हो या….। रणबीरले स्पष्ट पारे ‘मैले मज्जा गरेको ।’

खासमा रणवीर र दीपिका कार्यक्रममा पुग्न ढिलो गरेका थिए । ढिला भएको भन्दै रणबीरले माफी माने क्रममा भने ‘मैले थाह पाए मान्छेहरु बिहान नौ बजेदेखि मेरो प्रतिक्षा गरेर बस्नु भएको रहेछ । त्यसकारण यति राम्री दीपिकाको लागि म आजिवन प्रतिक्षा गर्न तयार छु ।’

रणबीर र दीपिकाको रामलीलामा काम गरेपछि दोस्ती बढेको थियो । उनीहरुले अभिनय गरेको बाजीराव मस्तानी प्रदर्शन हुन बाँकी नै छ ।

अहिलेको सेड्युल अनुसार बक्स अफिसमा बाजीराव मस्तानी को भिडन्त शाहरुख खानको दिलवालेसंग हुने भएको छ । फिल्म जुध्धा खासै फरक नपर्ने दीपिकाको भनाई रहेको छ । ‘दुबै फिल्म आ-आफ्नै स्टाईलका भएकाले एउटै मितिमा प्रदर्शन हुँदा खासै फरक पर्दैन ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment