+
+
Shares

कुबेतका नेपाली चेलीले पनि तीज मनाए  

कुबेत । कुवेतमा रहेका नेपाली चेलीहरूले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नाचगान र रमाइलो गरी मनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते १५:५६

kubet teej-1नबराज पन्थी

कुबेत । कुवेतमा रहेका नेपाली चेलीहरूले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नाचगान र रमाइलो गरी मनाएका छन् ।

kubet teej-4कुबेतको पुरानो सांस्कृतिक संस्था नेपाल कुबेत सास्कृतिक मञ्चको आयोजनामा कार्यक्रम गरी तीज मनाएका हुन् । नेपालमा जस्तै गरी नेपाली चेलीहरूले धक फुकाएर तीज गीत गाएर छमछमी नाँचे ।

मजदुरहरूको विदाको समय मिलाएर ऋषी पंचमीको दिन तीज मनाईएको थियो । कार्यक्रमको नेपाली दुताबास कुबेतका राजदुत यज्ञबहादुर हमालकी धर्मपत्नी रिता हमालले गरेकी थिइन् । कार्यक्रममा एनआर एनए कुबेतका अध्यक्ष अर्जुन तामाङ्ग, आईसी कोडिनेटर सुजन केसी पत्रकार हरिकृष्ण न्यौपाने, तोया दाहाल, इन्द्र भुषाल, इस्टमान वाइवा, अप्सरा आचार्य, तारा पौडेल टिकाराम आचार्य लगायतले शुभकामना दिए ।

सांस्कृतिक मन्चका अध्यक्ष माधव शर्माको अध्यक्षता, सागर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा उपस्थित सबै महिलाहरू कम्मर मर्काइ मर्काइ नाचेका थिए ।  भर्खरै रोजगारीको शिलशिलामा कुबेत आएकी लोक गायिका इन्दिरा शाह तथा स्थानीय लोकगायक माधव शर्मा, कृष्ण सुनार, सीमा घिमिरे नेहा राई लगायतले महिलाहरूलार्इ साथ दिएका थिए ।

एनआरएनए कुबेतले संचालन गरेको राहत कोष संकलन अभियानमा कार्यक्रम स्थलमा जम्मा भएको रकम सांस्कृतिक मंचका अध्यक्ष माधव शर्माले एनआरएनए कुबेतकी एक मात्र महिला प्रतिनिधि मधु मगरलाई हस्तान्तरण गरेका थिए।

kubet teej-2 kubet teej-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?