+
+
Shares

क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ९:०७

११ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।

मार्क्स, लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई संश्लेषण गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार भएको उनको भनाइ छ ।

त्यसैले प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन् ।

वर्तमान विश्व व्यवस्था साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण गम्भीर संकटमा परेको उल्लेख गर्दै उनले सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र जनताको जीवन थप संकटग्रस्त बन्दै गएको बताएका छन् ।

यस सन्दर्भमा अध्यक्ष माओका विचार, उनको संघर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रचण्डको भनाइ छ । माओले देखाएको बाटो इतिहासमा मात्र सीमित नभई राष्ट्रिय स्वाधीनता रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापनाका लागि व्यवहारिक मार्गदर्शन भएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?