+
+
Shares

३७ दिनसम्म जारी बन्दले बाराको जनजीबन कष्टकर

४ असोज, बारा । तराई मधेसमा बिगत ३७ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन झन्-झन् कडा बन्दै गइरहेको छ । प्रादेशिक सीमांकन, राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेसी सहभागिता लगायतका बिभिन्न माग गर्दै मधेसी मोर्चाले तराई मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि जनजीवन पनि कष्टकर बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:५०

Bara-aandolan

सुभाषप्रसाद साह
४ असोज, बारा । तराई मधेसमा बिगत ३७ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन झन्-झन् कडा बन्दै गइरहेको छ । प्रादेशिक सीमांकन, राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेसी सहभागिता लगायतका बिभिन्न माग गर्दै मधेसी मोर्चाले तराई मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि जनजीवन पनि कष्टकर बनेको छ ।

आन्दोलनको ३७ औं दिन सोमबार मधेसी मोर्चाका कार्यकर्ताहरु बाराको कलैयामा बिहानैदेखि प्रदर्शनमा उत्रेका छन् । उनीहरुले कलैयाको भरत चोक, बालमन्दिर चोक, देवकोटा चोक, मच्छरहाटा चोक, हनुमान मन्दिर चोक, उत्तरझिटकैया चोक लगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आइतबार नयाँ संविधान जारी भएपछि आन्दोलनकारीले आन्दोलनका कार्यक्रम झन् कडा बनाएका छन् । यसअघि सञ्चालन हुँदै आएका चिया पसल, तरकारी पसल, पान पसल समेत कलैयामा खुलेका छैनन् ।

पत्रिका जलाइयो

Bara-Kalaiya

यसैबीच बाराको लिपनीमालको चैनपुर चोकमा आन्दोलनकारीहरुले पत्रिकाहरु जलाएका छन् । तराई मधेसमा जारी आन्दोलनको वास्तविक समाचार प्रकाशन नगरेको भन्दै आन्दोलनकारीले अन्नपूर्ण पोष्ट र हिमालयन टाइम्स दैनिक पत्रिका जलाएका हुन् ।

पत्रिका बोकेर कलैया र वीरगञ्ज जाँदै गरेको बा १२ च ५८१० नम्बरको गाडीलाई २०-२५ जनाको समूहले चैनपुर चोकमा रोकेका थिए । ‘पत्रिका बाहिर निकालेर आगो लगाए,’ चालक बालकुमार चौहानले भने, ‘गाडी पनि जलाउनुपर्छ भन्दै थिए, म ब्याक गरेर फर्कें ।’

यसैवीच बन्दको अवज्ञा गरेको भन्दै कलैयाको सोनपटीमा नम्बर खुल्न नसकेको एक मोटरसाईकलमा समेत आन्दोलनकारीले आगजनी गरेका छन् ।

Bara-Kalaiya

मधेसी मोर्चाको आह्वानमा संविधान जारी भएकै दिन आइतबार राति ७ बजेदेखि ८ बजेसम्म घर-घरको बत्ती निभाएर ‘कालो दिवस’ मनाएका थिए । मार्चाका समर्थकहरुले घर-घरमा कालो झण्डा राखेर पनि विरोध जनाएका छन् । बिभिन्न स्थानमा नयाँ संविधानका प्रति पनि जलाइएको छ ।

राज्यले आफ्नो माग सुनुवाइ नगरेको भन्दै आन्दोलन जारी रहने संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोदप्रसाद गुप्ताले बताए । आन्दोलनप्रति जनसहभागिता बढदै गईरहेकोले आन्दोलन माग पुरा नहुदै रोकिदैन उनले भने ।

यता बन्दका कारण यहाँका शिक्षण संस्था, कलकारखाना, उधोग, बजार, यातायात लागयतका क्षेत्र बिगत एक महिना देखी ठप्प रहेको छ । बन्दले सरकारी गैरसरकारी लगायत सम्पुर्ण कार्यालय समेत बन्द रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?