Comments Add Comment

शान्तिले जितिन् १ लाख रुपैंयाँको मोबाइल

६ असोज, काठमाडौं । लगनखेलको ललितपुर मोबाइल कम्प्लेक्सले गरेको मोबाइल एक्स्पोमा ललितपुरकी शान्ति राईले एक लाख रुपैयाँ बराबरको मोबाइल जितेकी छिन् । एक्स्पोमा मोबाइल फोन खरिद गर्दा प्राप्त गरेको कुपनबाट लक्की ड्रको आधारमा उनले बम्परमा १ लाख रुपैयाको स्मार्ट फोन जितेकी हुन् ।

भदौ २५ गतेदेखि मंगलबारसम्म भएको मोबाइल एक्स्पोमा ६ लाख भन्दा बढीले अवलोकन गरेका थिए भने ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । एक्स्पो सकिएपनि विभिन्न छुट र अफरहरु कायमै राखिएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । कम्प्लेक्समा मोबाइल एक्सचेन्जको सुविधा, विभिन्न किसिमका एसेसरिज, सर्भिस सेन्टरलगायतका सुविधा रहेको उनले बताए ।

कम्प्लेक्समा एकैपटक ४ हजारदेखि ५ हजार ग्राहकले अवलोकन गर्न सक्ने नेपालकै सबैभन्दा ठूलो मोबाइल शो-रुम स्थापना गरिएको छ । यस्तै नेपालको सबैभन्दा ठूलो मोबाइल सर्भिस सेन्टर पनि सञ्चालनमा आएको छ ।

कम्प्लेक्समा सामसुङ, हुवावे, डिटिसी, जियोनी, आईफोन, लाभा, विनकम, ˆलाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, कार्बन, पानासोनिक, केनजिन्दा लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment