Comments Add Comment

शिक्षा पत्रकारिता पुरस्कार पाउने को-को ?

८ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले शिक्षासँग सम्वन्धित पुरस्कार पाउनेहरुको विवरण शुक्रबार सार्बजनिक गरेको छ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७१’ यसपटक तीन व्यक्तिलाई संयुक्तरुपमा प्रदान गरिने छ ।

FNJ_logoराष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बु र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा प्रदान गरिने महासंघले जनाएको छ । पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ ।

यसैगरी ‘क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार-२०७१’ पूर्वाञ्चलबाट जयकृष्ण यादव र छेटु शेर्पा, मध्यमाञ्चलबाट फणि महत र रामेश्वर कार्की, पश्चिमाञ्चलबाट गगनशीला खड्का र शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल र राजेन्द्र नाथ गरी ५ क्षेत्रलाई सुयक्तरूपमा प्रदान गरिनेछ ।

सोही पुरस्कार सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाहीलाई तथा काठमाडौं उपत्यकाबाट कोकिला खड्का केसी र रोशन क्षेत्री गाउँलेलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति-२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान र वैद्यनाथ यादव, मध्यमाञ्चलबाट राजकुमार गोले, नरेन्द्र सापकोटा र मन्दिरा थापालाई प्रदान गरिनेछ । यस्तै काठमाडौं उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली, पार्वता चौधरी र सइन्द्र राईलाई प्रदान गरिनेछ ।

त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल, कृष्ण खनाल र गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट अर्जुन ओली र हेमन्त केसीलाई प्रदान गरिने छ । सुदूरपश्चिमबाट मोहन विष्ट र रामबहादुर कुँवरलाई दिइने छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७१’ तर्फ पूर्वाञ्चलबाट गणतन्त्र एफएम सुनसरी, रेडियो सिन्धुलीगढी सिन्धुली, मेरो एफएम काठमाडौं, रेडियो शालिग्राम पर्वत, थारुभाषी एफएम गुर्वावा बर्दिया तथा सुदूरपश्चिमबाट संयुक्तरुपमा टीकापुर एफएम कैलाली र नयाँ नेपाल दार्चुलालाई प्रदान गरिने छ । सो पुरस्कारको राशि बीस हजार रुपैयाँ छ ।

यसैगरी बैठकले राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजनलाई प्रदान गरिने छ ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment