Comments Add Comment

जमुनाह नाकामा झडप, आन्दोलनकारी भारतीय भूमिबाट ढुंगा हाने

jamunaha Jhadap 3

आरपी सुवेदी

९ असोज, नेपालगञ्ज । नेपाल-भारत सीमा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी आन्दोलनकारी २० र प्रहरी ५ जना घाइते भएका छन् ।

जमुनाहको दशगजामा बसेर सीमा ठप्प पार्न पुगेका नेपाली आन्दोलनकारीहरुलाई नेपाल प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपका क्रममा  आन्दोलनकारीले भारतीय भूमिबाट ढुंगा प्रहार गरेका थिए ।

आन्दोलन सञ्चालन समितिका प्रवक्ता पशुपति दयाल मिश्राले भने-‘शान्तिपूर्वक धर्नामा बसेका थियौं । प्रहरीले आएर मलाई र ललितजीलाई लियर जान लाग्दा झडप भएको हो । हामी शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दैछौं, प्रहरी प्रशाशनले नै स्थिति विगार्दैछ ।’

jamunaha Jhadap

दशगजामा धर्नामा बसेका आन्दोलनकारीलाई प्रहरीले तितरवितर पार्न खोजेपछि आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । नेपाली प्रहरीलाई उनीहरुले भारतीय भूमिबाट ढुंगा प्रहार गरेका तिए ।

भारतीय भूभागबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि भारतीय प्रहरी अलमलमा परेको थियो । तर, पछि भारतीय प्रहरीले आन्दोलनकारीलाई भारततर्फ नै पछाडी धकेलिदिएको छ ।

नेपाली प्रहरी र नेपाली आन्दोलनकारी मधेसी मोर्चा बीच भएको झडपमा २० बढी घाइते भएका थिए । प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भिम किरण बोगटी सहित ५ जना घाईते भएका छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार हुँदै छ ।

घाइते आन्दोलनकारी मध्ये केहीलाई भारत रुपैडिहास्थित मिसन अस्पालमा र केहीलाई नेपालगञ्जमा उपचार गरिएको  छ । पुसु कोरी, रामसिंह ठाकुर भारतको रुपैडिहास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

रामसिंह सोनी, अमृतलाल कुर्मी, ममता बानिया, जगदिशबहादुर सिंह, बद्रदुजा खाँ लगायतको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतलमा उपचार भइरहेको छ ।

सीमामा झडपका क्रममा ढुंगा हानाहान भएको र ढुंगा भारततर्फ पुगेको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली सुरक्षा अधिकारीहरुले भारतमा पसेका आन्दोलनकारीले भारतीय भूभागबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दा एसएसबी मुकदर्शक बनेको आरोप लगाएको छ ।

दुवै तर्फका सुरक्षा बलले आन्दोलनकारीले दशगजाबाट तितरवितर पारेका छन् । अहिले आन्दोलनकारीहरु ठूलो संख्यामा भारतको रुपैडिहामा जम्मा भएका छन् भने नेपाल तर्फको सीमा शान्त छ ।

आन्दोलनकारीले ढुंगा प्रहार गर्दा सीमामा रहेको प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटेका छन् । अहिले सीमानामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment