Comments Add Comment

तमलोपा सहमहामन्त्री जितेन्द्र सोनल जेल चलान

jitendra-sonal-and-nawalkisसुभाषप्रसाद साह

१० असोज, बारा । तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई आईतबार बीरगञ्ज कारागार चलान गरिएको छ ।

आन्दोलनको क्रममा जिल्लाको नितनपुरबाट उनीहरुलाई प्रहरीले गत भदौ २९ गते पक्राउ गरेको थियो । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाएको थियो ।

आइतबार थुनछेक बहसपछि तोकिएको १ लाख ४९ हजार ३७५ रुपैयाँ धरौटी नतिरेपछि उनीहरुलाई कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए ।

जनताको अधिकार र मुक्तिका लागि धरौटी नतिरेर जेल नै जाने निधो गरेको सोनले संक्षिप्त प्रतिक्रिया दिए ।

उनीहरुलाई जिल्ला प्रहरीको भ्यानमा कडा सुरक्षाको साथ प्रहरी निरिक्षक देवकुमार श्रेष्ठको नेतृत्वमा वीरगञ्ज कारागार पठाएको प्रहरी स्रोतले जानकारी दिएको छ । ती दुबै नेताहरुले जेलको पूर्जी आफै बुझेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा सरकारी सहायक न्यायाधिवक्ता उत्तम श्रेष्ठले मुद्दा पेश गरेपछि थुनछेक आदेश भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्थीले जनही १ लाख ४९ हजार ३ सय ७५ रुपैयाँ धरौटी माग गर्ने आदेश दिएका थिए ।

अदालतको फैसलाको विरोध

अदालतको फैसला पूर्वाग्रही भएको भन्दै उनका समर्थकहरुले विरोध गरेका छन् । ‘तराई मधेसमा धेरै जिल्लाहरुमा तोडफोड हुँदा कसैलाई धरौटी नखुल्नु तर बारामा खुल्नु पूर्वाग्रही हो,’ उनीहरुको पक्षमा बहस गरेका अधिवक्ता रामचन्द्र सिंहले भने ।

मधेसी मोर्चाका बारा जिल्ला प्रवक्ता अरुणकुमार सिंहले राजनीतिक मुद्दामा धरौटी तोक्नु मधेस आन्दोलनलाई दबाउने एक कडीका रुपमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment