Comments Add Comment

कतारका प्रवासी नेपाली र सञ्चारमन्त्री रिजालबीच छलफल

minendra rijalदोहा । कतार भ्रमणमा रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजाल र कतारका प्रवासी नेपालीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा भएको छलफलमा भाग लिँदै प्रवासी नेपालीहरुले राजनीतिक स्थायित्वबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री रिजालले मुलुकको विकासका लागि पनि राजनीतिक स्थिरतामा जोड दिए ।

नेफ्टा अवार्ड वितरणका लागि कतार आएका मन्त्री रिजालले जनता नै देशको ठूलो शक्ति भएकाले जनता मुलुकको विकासका लागि लाग्नुपर्ने बताए ।

कार्यक्रममा संगठनका प्रमुख सल्लाहकार बद्री पाण्डे, संस्थापक सभापति नरेन्द्र भाट, सल्लाहकार राज रेग्मी , अर्जुनप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

त्रिभुवन विमानस्थलको स्तरउन्नती, पोखरामा नयाँ अन्तराष्ट्रिय विमानस्थल , फास्ट ट्रयाक्क, हाईड्रोपावर लगायतका पूर्वाधार निर्माण नै सरकारको प्राथमिकतामा रहेको उनले बताए । मन्त्री रिजालले पार्टी मातहतका कार्यकर्ताहरुलाई छुट्टै भेटघाट गरेका थिए ।

चिरन्जिवी तिम्सिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment