+
+

मोदी सरकार होसियार भन्दै दाङमा निस्कियो जुलुस

१२ असोज, घोराही । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको हस्तक्षेप र नाकाबन्दिको विरोधमा दाङमा सिठ्ठी जुलुस निकालिएको छ । सम्बृद्ध दाङ, समुन्नत नेपाल अभियानको आयोजनामा घोराहीको सहिद गेटबाट भारतविरुद्ध जुलुस निकालिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १३:०६

Dang-Julus

निमुसंगम घर्ती
१२ असोज, घोराही । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको हस्तक्षेप र नाकाबन्दिको विरोधमा दाङमा सिठ्ठी जुलुस निकालिएको छ । सम्बृद्ध दाङ, समुन्नत नेपाल अभियानको आयोजनामा घोराहीको सहिद गेटबाट भारतविरुद्ध जुलुस निकालिएको हो ।

बैदेशिक हस्तक्षेप बन्द गर, मोदी सरकार होसियार, तत्काल नाकाबन्दि फिर्ता गर, पारवहन सन्धी लागु गर जस्ता नाराहरु लगाउँदै र सिठ्ठी फुक्दै युवाहरुले घोराही बजार परिक्रमा गरेका छन् । जुलुसमा सहभागीहरुले नेपालको झण्डा बोकेका थिए भने टाउकोमा कालोपट्टी बाँधेका थिए ।

शहिद गेटबाट सुरु भएको जुलुस मेनरोड हुदै ट्राफिक चोक, निमाहल रोड, बैंकरोड, दामोदर चोक, न्यूरोड, तुलसीपुर चोक हुदै पुनः शहिद गेटमा पुगेको थियो ।

जुलुस पछि आयोजित सभामा बोल्ने युवा नेताहरुले भारतले नेपालमा हस्तक्षेप गरेर मित्रतामा प्रश्न चिन्ह उठाएको भन्दै तत्काल सम्बन्ध सुधार्न आग्रह गरेका थिए ।

नेपालको संविधानमा अनाबश्यक चासो राखेर भारतले विश्वसामु स्वाभिमान गिराएको भन्दै अघोषित नाकाबन्दिले स्वयम् भारतलाई घाटा हुने उनीहरुको भनाइ थियो ।

अभियानका संयोजक सविन प्रियासनको अध्यक्षतामा भएको सभामा नेपाली कांग्रेसका युवा नेता रमेश पाण्डे, नेकपा एमालेका मोर्चा बिभाग प्रमुख विबेक श्रेष्ठ, एकीकृत नेकपा माओवादीका युवा नेता प्रविण शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल लगायतले भारतलाई तत्काल हस्तक्षेप रोकी नाका खुलाउन आग्रह गरे ।

भारतीय हस्तक्षेप विरुद्ध सोमबार संयुक्त बिद्यार्थी संगठनहरुले दाङको घोराही र देउखुरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?