Comments Add Comment

४ नायकलाई केकीको ‘आइ लभ यू’, हिरो भन्छन्-‘आइ डन्ट नो, ह्वाट टू डू’

keki-and-ramesh
अविवाहित नायिका केकी अधिकारी अहिले नेपाली चलचित्रका ४ चर्चित नायकलाई ‘आइ लभ यू’ भन्दैछिन् । तर, केकीको यो प्रस्तावमा नायकहरु भने ‘आइ डन्ट नो, ह्वाट टू डू’ भनेर जवाफ फर्काउँदैछन् ।

चेतन सापकोटाको संगीतमा तयार भएको यो गीतको भिडियोको छायांकन भैरहेको छ । सोमबार दिनभर नायक रमेश उप्रेतीसँग केकीले रोमान्स गरिन् । केकीले रमेश उप्रेतीको हिट शैलीमा कम्मर मर्काइन् । सोमबार रातभर नै नायक सरोज खनाल र केकी अधिकारीलाई फिचर गर्दै गीत खिचिएको छ ।

मंगलबार दिनभर नायक जीवन लुइटेल र केकी अधिकारीलाई फिचरिङ गर्दै भिडियो खिचिनेछ । चलचित्रका मुख्य नायक सविन श्रेष्ठ पनि यो गीतमा देखिनेछन् । चलचित्र ‘भाग् सानी भाग्’मा समावेश ‘आइ ल यू’ बोलको गीतमा यस्तो नयाँ शैली अपनाइएको हो । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले स्वर दिएका छन् ।
keki-style
निर्माता समेत रहेका संगीतकार चेतन सापकोटाले अनलाइनखबरसँग भने-‘चलचित्रकी मुख्य पात्र सानीको नायिका बन्ने सपना हुन्छ । नायिका बन्नकै लागि उनी गाउँबाट भागेकी हुन्छिन् । उनलाई नेपालका चर्चित नायकसँग काम गर्ने रहर हुन्छ । यही समयमा उनले यो गीत संझेकी हुन् ।’

यस्तै, अर्को एक हिपअप शैलीको गीतको छायांकन भने सोमबार गरिने चेतनले बताए । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको गीत खिचिएसँगै छायांकन काम सकिनेछ । ramesh-in-dance

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment