Comments Add Comment

युवती हत्याको आरोप कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

१२ असोज, महोत्तरी । गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशालाले राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।

गाउँकै रामजानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सबिताको लास फेला परेपछि मृतकका परिवारजनले सभापति महतोलगायत अन्य पाँचजनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा उजुरी दिएका थिए ।

घटनाका मुख्य योजनाकार रामजीवन राउतलाई प्रहरीले घटनापश्चात् तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । महोत्तरीको सुन्दरपुर घर भएका महतो घटनापश्चात् पक्राउ पर्ने डरले फरार थिए ।

महतोलाई कर्तव्यज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ सिंह राणाले बताए ।

उनलाई गएराति महोत्तरी ल्याएको छ । अभियुक्त महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका सञ्चालकसमेत रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment