Comments Add Comment

नाकाबन्दी लगाउने भारत सरकार आफैं असफल हुन्छः गृहमन्त्री

Bamdev Gautam

१२ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गरेका छन् ।

यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गरे ।

यसपटक पनि नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकारले त्यही असफलता भोग्नुपर्ने भन्दै उनले–’नाकाबन्दी संसारभरका कानुनको उल्लङ्घन र भूपरिवेष्टित देशले पाएको अधिकार उल्लङ्घन गरेर भएको छ । भारतको संविधानको विरुद्धमा गएर नाकाबन्दी गरिएको छ । त्यसैले भारतका जनताले निर्णय गरेर नेपाली जनतालाई न्याय दिनेछन् ।’

नाकाबन्दी खुलाउन सरकारले कूटनीतिक प्रयास गरिरहेको भन्दै उपप्रधानमन्त्री गौतमले भारतले यसो गर्ला भन्ने आफूहरुले नसोचेको बताए ।

नाकाबन्दीमा आपूर्ति सहज बनाउन सरकारले चीनतर्फको बाटो सञ्चालन गर्न प्रयास गरिरहेको र तातोपानी र रसुवाका नाका छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए ।

आन्दोलनरत दलसँग वार्ता गर्न सरकार तयार रहेको र त्यसका लागि अथक प्रयत्न गरिरहेको भन्दै उनले मधेसमा कुनै माग नभई र विषय नै नभई आन्दोलन गरिएको आरोप लगाए । उनले ११ निर्वाचन क्षेत्र जितेकाले २२९ निर्वाचन क्षेत्र जितेकालाई हल्लाउने ? भनी प्रश्न पनि गरे ।

वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको सञ्चिति कम हुँदै गएको जानकारी गराए ।

बैठकमा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ४५ दिनदेखिको निरन्तरको आन्दोलन र बन्दका बाबजुद पनि पेट्रोलियम पदार्थको आपूर्ति गरिँदै आएपनि अघोषित नाकाबन्दीका कारण मौज्दात पेट्रोलियम पदार्थ सकिँदै गएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment