१२ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल आर्मीले डिफेण्डिङ च्याम्पियन मनाङ मस्याङ्दीलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा आर्मीले मनाङलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले १८ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लियो । खेलमा मनाङ र्फकन सकेन र नवयुगको गोल नै आर्मीको जितका लागि पर्याप्त बन्यो ।
मनाङका प्रशिक्षक राजुकाजी श्रेष्ठले खेलाडी परिर्वतनको निर्णय गलत सावित भएको बताए ।
आर्मीका खेलाडीहरु शारीरिक रुपमा बलियो हुने भन्दै श्रेष्ठले स्टफेनको स्थानमा सिसेको र विक्रम लिम्बुको स्थानमा नविन न्यूपानेलाई खेलाएका थिए । हारपछि पनि मनाङ उपाधि होडबाट नबाहिरिएको उनले बताएका छन् ।
अर्को खेलमा नेपाल पुलिसले सुदूरपश्चिमलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
जितपछि आर्मी ११ खेलबाट २० अंकका साथ तेस्रो स्थानमा छ भने १९ अंक जोडेको मनाङ चौथो स्थगानमा छ । १३ खेलबाट २४ अंक जोडेको झापा ११ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको थ्रीस्टारको २२ अंक छ ।
प्रतिक्रिया 4