Comments Add Comment

नेकपा-माओवादीले भारतविरुद्ध कार्यकर्ता सडकमा उतार्ने

baidhya_650

१३ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले बुधबार काठमाडौंमा भारतविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंको शान्तिबाटिकामा बुधबार दिउँसो साढे दुई बजे विरोध प्रदर्शन गर्न लागिएको नेकपा-माओवादी उपत्यका ब्यूरोले जनाएको छ ।

भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप र नाकाबन्दीका विरोधमा जुलुससहितको विरोध प्रर्दशन आयोजना गरिएको सचिव देव गुरुङले जानकारी दिए ।

प्रदर्शनमा महासचिव रामबहादुर थापा बादल, सचिव गुरुङलगायतका नेता-कार्यकर्ताहरु सहभागी हुनेछन् ।

नयाँ संविधान जारी भएपछि नेकपा-माओवादीले भारतविरुद्ध प्रदर्शन गर्न लागेको यो पहिलोपटक हो । उसको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने संयुक्त विद्यार्थी आन्दोलनमा सहभागिता जनाउँदै आएको छ ।

चित्रबहादुर केसी पनि विरोधमा

यसैवीच चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका कार्याकर्ताले पनि मंगलबार भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । जनमोर्चाले बुधबार राजधानीमा भारतको नाकाबन्दीको विरोधमा अन्तरक्रिया गर्न लागेको राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले अनलाइनखबरलाई बताए ।

यसैवीच विभिन्न वामपन्थी पार्टी समर्थित अखिलका पूर्व अध्यक्षहरुले पनि भारतीय हस्तक्षेपको विरोधमा संयुक्त हस्ताक्षर गरेका छन् ।

पूर्व विद्यार्थी नेतृ रामकुमारी झाँक्री, नेविसंघकमा पूर्व अध्यक्ष प्रदीप पौडेल लगायतका नेताले भारतीय नाकाबन्दीको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment