Comments Add Comment

जलेश्वर कारागारमा सेना परिचालन

फाइल तस्वीर

  • फाइल तस्वीर

१३ असोज, महोत्तरी । तराई मधेसमा विगत ४५ दिनदेखि जारी मधेस आन्दोलनका क्रममा हुनसक्ने सम्भावित हिंसात्मक प्रदर्शन र शान्ति सुरक्षामा चुनौती आउनसक्ने मध्यनजर गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।

लामो समयदेखि जारी रहेको आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्नेमा मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारमा सेना परिचालन गरेको हो ।

जलेश्वर कारागारमा प्रकौलीस्थित श्री फस्ट राइफल गणबाट सेना खटाइएको छ भने सेनाका क्याप्टेन सुमन खत्रीको कमाण्डमा ३९ जना सैनिक जलेश्वर कारागारमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए । सरकारको निर्देशन र निर्णयअनुसार सेनालाई जिम्मेवारीको पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिए ।

विसं १९१३ मा स्थापना भएको ‘ग’ श्रेणीको जलेश्वर कारागार भौतिकरुपमा जीर्ण भएतापनि दिनप्रतिदिन कैदीबन्दी थपिने क्रम जारी रहेको कारागारका प्रमुख सोभेन्द्र ठाकुरले जानकारी दिए । एक सय ३५ कैदीबन्दी रहने क्षमता रहेको जलेश्वर कारागारमा हाल ३६ महिलासहित ३७३ कैदीबन्दी रहेको जेलर ठाकुरले बताए ।

सो कारागारमा हाल ३० भन्दा बढी हत्याका आरोपी, ६० जना सशस्त्र समूहका नेता कार्यकर्ता, आठजना बर्मेली र १८ जना भारतीय नागरिक रहेका कारागार प्रशासनले जनाएको छ । सो कारागारमा सेनाको टुकडीले एक साताअघिदेखि नै कमाण्ड सम्हाल्दै आएको कारागार प्रशासनले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment