+
+
Shares

बिहेपछि के चल्लिन् हर्षिका, आउँदैछ हट दृश्यको ‘नजिता’

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १४:१०

natija-photo
नायिका हर्षिका श्रेष्ठ बिहे बन्धनमा बाँधिएपछि चलचित्र क्षेत्रबाट केही ओझेल देखिएकी छिन् । तर, पनि उनले अभिनय गरेका चलचित्रको प्रदर्शन भने एकपछि अर्को क्रममा हुँदैछ । यही मेसोमा असोज २२ गतेबाट चलचित्र ‘नजिता’ सार्वजनिक हुँदैछ ।

नेपाली चलचित्रले व्यापारिक रुपमा राम्रो कमाई गरिरहेको समयमा ‘नजिता’को निर्माणपक्ष पनि आशावादी छ । बारम्बार प्रदर्शन मिति सर्दै अब भने असोज २२ गतेबाट चलचित्र चल्ने पक्का भएको हो ।

प्रमोद भण्डारीले यो चलचित्रलाई निर्देशन गरेका हुन् । समयमै होस नपुर्‍याउँदा देखिने ‘नतिजा’को बिषयमा यो चलचित्र बनेको छ । सपना श्रेष्ठको प्रस्तुतीमा शक्ति पण्डितले यो चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रमा हर्षिका श्रेष्ठ र सोहित मानन्धर मुख्य भूमिकामा छन् । चलचित्रको एक गीतमा नायिका श्रेष्ठले दिएको हट दृश्यमा त सेन्सरले नै आपत्ती जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?