१४ असोज, काठमाडौं । चीनसँगको तातोपानी नाकाको अवरोध हटाउन भन्दै एमाले समर्थित अनेरास्ववियुका दुई सय कार्यकर्ता राजधानीबाट सिन्धुपाल्चोकतर्फ लागेका छन् । भृकुटीमण्डवमा भेला भएर उनीहरु बसमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् ।
काठमाडौंबाट एक सय कार्यकर्ता गए पनि जिल्लाबाट पनि अनेरास्ववियुका कार्यकर्ता सहभागी हुने अनेरास्ववियुकी महासचिव नविना लामाले अनलाइनखबरलाई जानकारी दिइन् ।
अनेरास्ववियुका कार्यकर्ताले तातोपानी नाका खुलाउन दुई दिन श्रमदान गर्ने लामाले बताइन् ।
श्रमदानमा सहभागी विद्यार्थीहरुका लागि व्यक्तिगत व्यवस्थापनमा पाँच सय रुपयाँको ज्याकेट र ड्राइ फुड वितरण गरिएको उनले बताइन् ।
बाह्रबीसेदेखि तातोपानी, लिपिङसम्मको २६ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडक खुलिसकेको छ । बाँकी १० किलोमिटर सडकलाई मात्र पहिराले अवरोध गरेको छ ।
उक्त सडकमा नयाँ पुलको आइतबारे, झ्यालेको भीर, डाक्लाङको तीनकिलो, झिर्पुको ८ र १० किलो, खोराङकुना, घण्टेकुला, लिपिङ बजार लगायतका कतिपय ठाउँमा चाँही नयाँ ट्याक खोल्नुपर्ने भएपनि केही ठाउँमा सडकमा भएका ढुंगा हटाएमात्रै पनि अवरोध खुल्ने स्थिति रहेको छ ।
सबैले मिलेर पहिरो हटाए केही दिनमै सडकको अवरोध हटाउन सकिने इन्जिनियर तथा स्थानीयबासीको भनाई छ ।
यो पनि पढ्नुहोस
‘भारतीय दूतावास घेर्नुभन्दा तातोपानीमा ढुंगा पन्छाउन जाऔं !’
प्रतिक्रिया 4