+
+
Shares

चिनियाँ नाका खुलाउन एमाओवादीको टोली तातोपानीमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १०:२९

Tatopani2१४ असोज, काठमाडौं । चीनसँग जोडिएको उत्तरी नाका खुलाउन एमाओवादी नेतृत्वको टोली विहीबार तातोपानी गएको छ । सांसद अग्नी सापकोटा नेतृत्वमा २५ जनाको टोली काठमाडौंबाट बाटो खुलाउन गएको हो ।

बाटो खुलाउने काममा वाईसीएल, विद्यार्थी, जिल्ला पार्टीका कार्यकर्ताहरु पनि सहभागी हुने अखिल क्रान्तिकारीकारी नेवाः राज्य समिति संयोजक सुरेन्द्र बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

‘अब भारतको मात्रै भर परेर हुँदैन, चीनसँग जोडिएका सीमा निका खुलाएर आयात-निर्यात सुचारु गराउनुपर्छ भनेर हामी श्रमदान गर्न हिँड्यौं,’ बस्नेतले भने ।

गत बैशाख १२ को भूकम्पका कारण तातोपानी नाका अबरुद्ध छ । पहिरो खसेर अबरुद्ध भएको बाटो खुलाउने काम जारी रहे पनि सुस्त गतिमा काम भैरहेको छ । अब बाटो खुलाउन १० किलोमिटर मात्रै बाँकी छ । बाह्रबिसे, तातोपानी, लिपिङसम्मको दुरी २६ किलोमिटर छ ।

विहीबारै एमाले निकट अखिलको टोली पनि तातोपानी नाका प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?