+
+
Shares

गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते ११:३९

Former US president Jimmy Carter.

काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् ।

गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् ।

आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची नेपालमा घर बनाउनका लागि जान चाहेँ, उनले भनेका छन् ।

ह्याबिटाट फर ह्युमानिटी नामक गैर सरकारी संस्थाले एक विज्ञप्ती मार्फत कार्टरको नेपाल भ्रमणलाई उनको परीक्षण गरिरहेको चिकित्सा टोलीले स्विकृति प्रदान गरेको छ ।

आगामी नोभेम्बर १ देखि ६ सम्म चितवनमा संचालन हुने ह्याबिटाट फर ह्युमानिटीको ३२ औँ वार्षिक जिम्मी एण्ड रोजालिन कार्टर कार्य परियोजनामा कार्टरसँगै उनकी पत्नी रोजालिन पनि सहभागी हुने बताइएको छ ।

उक्त एक हप्ते कार्यक्रममा नेपाल तथा विश्वभरका १५ सय जना स्वयंसेवकले चितवनको नयाँबस्ती गैरीगाउँका गरीब परिवारका लागि स्थायी आवास निर्माण गरिदिनेछन् । उक्त गाउँमा अधिकांस दलितको बसोबास रहेको कार्टर सेन्टरले जनाएको छ ।

अमेरिकाका ३९ औँ राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता कार्टरले आफूले स्थापना गरेको कार्टर सेन्टर नामक संस्थामार्फत विश्वका विभिन्न देशमा शान्ति, मानव अधिकार तथा विकाश लगायतका क्षेत्रमा विभिन्न अभियान संचालन गर्दै आएका छन् ।

नेपालमा २०७० सालको संविधानसभा चुनावको अनुगमनका लागि उनी पछिल्लोपटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?