+
+
Shares
पश्चिमाञ्चल ट्रक समिति अधिवेशन :

पंकज राईद्वारा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिको २५ औं वार्षिक साधारण सभा र १४ औं अधिवेशन चैत २० र २१ गते बुटवलमा हुने भएको छ।
  • उम्मेदवार पंकज राईले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरी १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
  • राईले मोबाइल एप प्रणाली विकास, सामाजिक सुरक्षा कोषमा चालक आबद्धता, र भारतीय नम्बर प्लेटका ट्रकको नेपालमा गुड्ने समय घटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

१८ चैत, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरु भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनबाट नयां नेतृत्व चयन हुंदैछ । २ हजार ट्रक र १ हजार ३ सय व्यवसायी आबद्ध समिति नेपालकै ठूलो मध्येको ट्रक समिति हो ।

दुई वर्षे कार्यकाल रहेको समितिको नेतृत्वमा पुग्न युवा व्यवसायी पंकज राईले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । राईले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी विभिन्न १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

राईले व्यवसायी, स्वरोजगार र मजदुरबीच समन्वय गरी सडक दूर्घटना पश्चात उत्पन्न हुने समस्या र झन्झटिलो प्रक्रियालाई सहज बनाउन मोवाइल एप प्रणाली विकास गरी छिटो समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिएका छन् ।

व्यवसायीमैत्री कानून निर्माणका लागि अव्यवहारिक र व्यवसायी प्रतिकूलका नियम कानून सुधारका लागि सरकारसंग पहल, चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता, बीमा तालिम र स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने राईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै चालकको स्वास्थ्य र बीमा व्यवस्था, नियमित स्वास्थ्य परिक्षण तथा दूर्घटना बीमा कार्यक्रम संचालन, व्यवसायी र कर्मचारीबीच सम्मान र सहकार्यमा आधारित सम्बन्ध विकास, पार्किङ समस्या समाधान,इन्धन र सामान चोरी नियन्त्रण गर्न सुरक्षा प्रणाली सुदृढ गर्ने राईको प्रतिबद्धता छ ।

यस्तै राईले भारतीय नम्बर प्लेटका ट्रकलाई नेपालमा ७२ घण्टा गुड्न पाउने प्रावधानलाई घटाई २४ घण्टामा सिमित गर्न पहल गर्ने, रोड परमिट प्रक्रियालाई सरलिकृत गदै एक वर्षमा एक पटक मात्र गरे पुग्ने व्यवस्था लागु गराउने, टोल फ्रि हेल्पलाइन सेवा, दुर्घटना र आपतकालिन अवस्थामा तुरुन्त सहयोग सेवा गर्ने प्रतिबद्धता गरे । ‘सुरक्षित ड्राइभिङ तालिम, ट्राफिक नियम र आपतकालीन व्यवस्थापन सम्बन्धी नियमित तालिम सञ्चालन गर्ने मेरा प्रतिबद्धता छन्’, राईले भने, ‘संस्थाका काम कारवाहीमा पारदर्शिता र व्यवसायीका समस्याहरूको दीगो समाधान प्राथमिकतामा राखेको छु ।’

सामाजिक सुरक्षा कोषको सहज सञ्चालनका लागि हेल्प डेक्स स्थापन गर्ने र सदस्यता विस्तारलाई प्रभावकारी बनाउने पनि राईको प्रतिबद्धता छ । समितिको नेतृत्वका लागि नेपाली कांग्रेस निकट प्रताप कार्की र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायी यम जीसीको नेतृत्वमा अन्य २ समुहले पनि प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?